न्यूनतम ज्याला दिन नसक्ने भन्दै चिया उद्योग बन्द गर्ने उद्यमीको घोषणा

१० असार ७६, बुधबार

११ असार, इलाम ।

Advertisement

स्थानीय सरकारले तोकेको न्यूनतम ज्याला दिन नसक्ने भन्दै यहाँस्थित सूर्योदय नगरपालिकाका उद्यमीले उद्योग बन्द गर्ने घोषणा गरेका छन् । न्यूनतम ज्याला कार्यान्वयन गर्दा चियाबाट आम्दानी लिन नसक्ने भन्दै उद्यमीले उद्योग बन्द गर्ने चेतावनी दिएका हुन् ।

उनीहरूले नयाँ श्रमजीवी ऐनअनुसार चिया श्रमिकलाई तलब भत्ता दिँदा उद्योग नै डुब्ने भन्दै उद्यमीले बिहीबारदेखि उद्योग बन्द गर्ने बताएका हुन् । सूर्योदय टी एशोशिएसनमा आबद्ध ६२ भन्दाबढी उद्योगले सरकारी पक्षबाट पनि चिया क्षेत्रीय सहयोग नपाएको र आफैं मात्रै लगानी गर्नुपर्ने बाध्यता रहेको बताएका छन् ।

Advertisement

उनीहरूले सामूहिक विज्ञप्ति निकाल्दै भारतीय बजारमा बिक्री हुने चियाले लागत मूल्य धान्न नसकेको, तोकिएको मापदण्डको पत्ती उद्योगमा नआएको, ४० प्रतिशतभन्दा कमको पत्ती उद्योगले फर्काउन नसक्नेजस्ता कारणले आफूहरू समस्यामा परेको उल्लेख गरेका छन् । चिया उद्योगी र किसान समेतको सहभागितामा पारित गरिएको कार्यविधिमा किसानले उद्योगलाई बेच्ने हरियोपत्तीमा अनिवार्य दुई पात एक सुइरोसहित निश्चित गुणस्तर कायम हुनुपर्ने उल्लेख छ ।

कार्यविधिले किसानदेखि हरियो चिया सङ्कलक, उद्योगी, बिक्रेतालगायत सबैले चियामा निश्चित गुणस्तर कायम राख्नुपर्ने व्यवस्था गरेको छ । ‘किसानले चिया उत्पादन गर्दा लागेको खर्चको १५–२० प्रतिशतसम्म सरकारले बेहोर्ने देश हाम्रै छिमेकमा छन् तर हाम्रो सरकारले चाहिँ त्यो वातावरण कहिले बनाउने ?’, हिमालयन अर्थोडक्स टि प्रोड्युसर्स एशोशिएसनका पूर्वअध्यक्षसमेत रहेका उदय चापागाईंले भने, ‘सरकारले चिया उत्पादक किसान र आफैँ उद्योग सञ्चालन गरेका साना किसानलाई उत्पादन र बजारीकरणमा सहुलियन नदिएसम्म चिया क्षेत्र माथि उठ्न सक्दैन ।’

Advertisement

उनले यही स्थितिमा श्रमिकलाई नगरले तोकेको न्यूनतम ज्याला दिन नसकिने बताए । देशभर १०८ ठूला चिया उद्योग र बगान रहेको नेपाल चिया तथा कफी विकास बोर्ड र केन्द्रीय तथ्याङ्क विभागको विवरणमा उल्लेख छ । सरकारी तथ्याङ्कअनुसार इलाममा सरकारी र निजी गरी १६, झापामा ६९ र धनकुटामा छ ठूला उद्योग छन् । देशभर १०८ ठूला चिया उद्योग र बगान रहेको नेपाल चिया तथा कफी बिकास बोर्डको तथ्याङ्क छ ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top