सांसद शान्ता चौधरी ‘बी’ ग्रेडमा एसईई उत्तीर्ण

सांसद शान्ता चौधरी ‘बी’ ग्रेडमा एसईई उत्तीर्ण

१२ असार, २०७६ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाकी संसदीय दलकी सचेतक शान्ता चौधरी माध्यमिक शिक्षा परीक्षा एसईईमा उत्तीर्ण भएकी छन् ।

उनी ‘बी’ ग्रेडमा उत्तीर्ण भएकी हुन । उनले २.६५ जीपीए ल्याएकी छन् । उनले गएको चैतमा भएको परीक्षा दाङको तुलसीपुर उपमहानगरपालिका ६ मा रहेको मावि सेन्टर तुलसीपुरबाट दिएकी थिइन् । उनकी छोरी विनु पनि एसईईमा उत्तीर्ण भएकी छन् । २०६४ सालमा पहिलो संविधानसभामा उनी समानुपातिक सभाषद बनेकी थिइन् । संसदीय समितिमा बस्दा पढाइ पनि आवश्यक हुने ठानेपछि उनले औपचारिक अध्ययनलाई निरन्तरता दिएको बताउने गरेकी छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.