जग्गाविहीन हुरी पिडितलाई सरकारको विभेद

११ असार ७६, बिहीबार

१२ असार, २०७६ ।

बर्षा सुरु हुनै लाग्दा पनि घर निर्माण हुन नसकेको भन्दै बारा पर्साका हावाहुरी पिडीतले असन्तुष्टी जनाएका छन् ।

नेपाली सेनाले प्रभावितहरुकालागि आवास निर्माणको काम गरिरहेको भएपनि क्षतिको यथार्थ विवरण संकलन हुन नसकेका कारण सो बस्तीका केही परिवार घरवारविहिन हुने देखिएको छ । पहिलो अनुगमन निरीक्षणमा सबै पिडीतको नाम समावेश भएपनि सरकारले जग्गा नभएकाहरुको नाम सूचीबाट हटाएपछि समस्या भएको हो । अर्काको जमिनमा फुसको घर बनाएर बसेका र एका घरका दाजुभाईहरुको भिन्ना भिन्नै परिवारका लागि घर निर्माण गर्ने विषयमा सरकारले केही नभनेको भन्दै कलैया उपमहानगरपालिका वडा १८ भरवलियाले वेवास्ता गरेपछि पिडीत समस्यामा परेका हुन् ।

बाराका जिल्ला प्रशासन कार्यालयको विवरणमा सुरुमा बारा पर्सा गरी कुल १ हजार ४ सय ५३ घर निर्माणका लागि सिफारिस गरिएको माहाल फिल्डमा ’भेरिफिकेसन’ टोलीजाँदा ८ सय ८९ घर निर्माणका लागि आदेश आएको छ । कलैया उपमाहानगरपालिका , ८ नम्बर वडा कार्यालयले आफ्नो जग्गा नभएकाहरुका लागि घर निर्माण गर्ने बारे सरकारले केही निर्देशन नगरेकाले घर निर्माण गर्न नसकिने बताउदै आएको छ । अध्यक्ष अम्बिकाप्रसाद यादवले जग्गा नभएकाका लागि सरकारले जग्गाउपलब्ध गराएर घर निर्माणको पहल गर्नुपर्ने अन्यथा वडा कार्यालयले केहीगर्न नसक्ने बताए

गत चैत १७गते बारा र पर्सामा आएको विनाशकारी हावाहुरीमा परी २९ जनाको मृत्यु भएको थियो । पिडितका लागि नेपाली सेनाले साउन मसान्तसम्म ८ सय ८९ वटा घर निर्माण गरि हस्तान्तरण गरिसक्ने जनाएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top