विश्वकप क्रिकेट : दक्षिण अफ्रिकालाई स्तब्ध पार्ने दाउमा श्रीलंका

एजेन्सी, असार १३
जारी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज श्रीलंका र दक्षिण अफ्रिका भिड्दै छन् । दुई देशबिचको खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ देखि सुरु हुनेछ ।

दुबै टोली जित्ने उच्च मनोबलका साथ मैदान उत्रिनेछन् । ७ खेलमा १ मा जित र ५ मा हारका साथ नवौं स्थानमा रहेको दक्षिण अफ्रिका उपाधि होडबाट बाहिरिसकेको छ । त्यसैले दक्षिण अफ्रिकाको लागि आजको खेल प्रतिष्ठाको लडाईंमात्रै हुने छ ।

त्यस्तै ६ खेलमा समान २ मा जित र हारका साथ सातौं स्थानमा रहेको श्रीलंकाको भने शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने झिनो अंक गणितीय संभावना बाँकी छ । अबका बाँकी सबै खेलमा विजयी भए र अन्य टोलीको नतिजा आफुअनुकु आएको खण्डमा श्रीलंका सेमिफाइनलमा पुग्न सक्ने अंक गणितीय झिनो संभावना देखिन्छ । आजको खेलमा पराजित भए श्रीलंकाको पनि अघिल्लो चरणको यात्रा लगभग समाप्त हुने छ ।

Advertisement

यसअघि उपाधिको प्रमुख दाबेदार इंग्ल्यान्डलाई स्तब्ध पारेको श्रीलंकाको मनोबल पनि उच्च छ । श्रीलंकाका लागि कप्तान दिमुथ करुणारत्ने,तीब्र गतिका बलर लाथिस मलिङ्गा र कुशल परेरा प्रमुख हतियार हुन् । मिडिल अडरका ब्याट्सम्यानको खराब प्रर्दशनले श्रीलंका भने केहि समस्यामा देखिन्छ ।

यता आसा गरेभन्दा खराब प्रर्दशन गरि रहेको दक्षिण अफ्रिका लागि ओपनर क्विन्टन डी कक,कप्तान फाफ डु प्लेसिस र स्पिनर इमरान ताहिरको प्रर्दशन अफ्रिकाको लागि महत्वपूर्ण हुने छ । तीब्र गतिका बलर कागिसो रबडाको खराब प्रर्दशन अफ्रिकाको लागि ठूलो चिन्ताको विषय हो ।

Advertisement

विश्वकपमा यी दुई देशबीच ५ खेल भएको छ । जसमा दक्षिण अफ्रिका ३ खेलमा विजयी हुँदा १ मा पराजित भएको छ । एक खेल बराबरीमा सकिएको छ । यी दुईदेशबीच ७६ वान डे खेल भएको छ । जसमा दक्षिण अफ्रिका ४३ खेलमा विजयी हुँदा ३१ खेलमा पराजित भएको छ भने २ खेलको नतिजा विहिन छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top