कन्सर्टका लागि आदित्य असार २१ गते काठमाडौँ आउने

१२ असार ७६, शुक्रबार

१३ असार, काठमाडौँ ।
नेपाल कन्सर्टका लागि गायक उदित नारायण झाका सुपुत्र गायक आदित्य नारायण झा काठमाण्डौँ आउँने निश्चित भएको छ ।आदित्यले जुलाईको ६ तारिख अर्थात आउँदो असार २१ गते राजधानीको ठमेल स्थित क्लब फरेनहाइटमा लाइभ प्रस्तुत दिने भएका छन् ।

‘आदित्य नारायण झा लाइभ इन नेपाल’ मा उनले बलिउडसँगै नेपाली हिट गीत प्रस्तुत गर्ने जनाईएको छ । सिंगरसँगै अभिनेता समेत रहेका आदित्य प्रसिद्ध गायक उदित नारायण झा र दीपा झाको छोरा हुन् । सारेगमपा, एक्स फ्याक्टर र खतरा खतरा खतरा जस्ता शोज् होस्ट गरेर चर्चामा आदित्यले नेपाली फिल्म ‘कुसुमे रुमाल २’ मार्फत पाश्र्व गायकको रुपमा डेब्यु गरेका थिए ।

‘रंगीला’ फिल्म मार्फत अभिनयमा डेव्यु गरेका आदित्यले ‘परदेश’ र ‘जब प्यार किसिसे होता है’मा पनि बाल कलाकारको रुपमा काम गरिसकेका छन् । उनले ‘शापित’बाट बलिउडमा अभिनेतको रुपमा डेब्यु गरेका थिए ।

Advertisement

उनले आफैले भिडियो सम्बोधन मार्फत जुलाई ६ मा नेपाल आउने बताएका छन् । नेपाल आएसँगै आदित्य पत्रकार सम्मेलनमा सहभागी भएर बेलुकी आयोजना हुने कार्यक्रमको तयारीमा जुट्ने समेत आयोजकले जनाएका छन् ।

उदितका छोरा भएकाले पनि आदित्यलाई नेपालमा विशेष महत्वका साथ् हेर्ने गरिन्छ भने युवापुस्ता माँझ उनको क्रेज राम्रो छ ।दर्शकको डिमाण्डकै आधारमा आदित्यलाई नेपाल ल्याउन लागिएको क्लब फरेनहाइटले जनाएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top