अरुको लागि काम गर्ने कि, रोजगारी सिर्जना गर्ने ?

१३ असार ७६, शुक्रबार

१३ असार, विराटनगर ।
बिराटनगरमा अंग्रेजी महिनाको अन्तिम बिहिबार हुदै आएको “लास्ट थर्सडे” कार्यक्रम बिहिबार सम्पन्न भएको छ ।

Advertisement

कार्यक्रममा जीवन विकास समाजका संस्थापक तथा कार्यकारी निर्देशक योगेन्द्र मण्डलले जीवन विकास समाजको उत्पति शोखले नभई परिस्थितिले सिर्जना गराएको जानकारी दिए ।

२०५१ सालमा बिएससी को पढाई सके पश्चायत दुईजना ऋषिदेब बालकहरुको पढाइको स्तर माथि उठाउनको लागि थालिएको आफ्नो अभियानले आज जीवन विकास यो अवस्थामा आइ बिभिन्न आर्थिक तथा सामाजिक कार्यक्रम मार्फत सयौको संख्यामा मानिसहरुलाई रोजगारीको अवसर सिर्जना गर्नु साथै लाखौ मानिसहरुलाई सेवा प्रदान गर्दै आएको जानकारी दिए ।

Advertisement

उनले संस्था लघुवित्तको क्षेत्रमा संसार भरिबाट मुल्यांकन हुदा ८ औ नम्बरमा पर्न सफल भएको र भर्खरै ३ करोड ४६ लाख नेपाली रुपैया बराबरको एजी फन्ड जित्न सफल भएको जानकारी गराए । उनले जीवनमा सफलता हासिल गर्नुछ र आफ्नो कामलाई ठूलो उचाइमा लैजानु छ भने सपना देख्न र मेहेनत गर्न नछोडन पनि सुझाव दिए ।

Advertisement

कार्यक्रमको होटल नमस्कारका निर्देशक युनेश श्रेष्ठ तथा नेप्लिज योग इन्टरप्रेनस फोरम बिराटनगरका सचिब राघव कोइरालाले कार्यक्रमका बक्ता योगेन्द्र मण्डललाई खादा तथा प्रसंसा पत्रले सम्मान गरेका थिए । ७१ जनाले सहभागिता जनाएको उक्त कार्यक्रम बिकल्प एन अल्ट्रनेटिभ, मकालु टिभी, बिराटनगर इन्टरनेशनल कलेज, होटल नमस्कार, मल्ल ग्रुप अफ कम्पनीज र नेप्लिज योंग इन्टरप्रेनस फोरमको सहकार्यमा संचालन हुदै आएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top