विराटनगरमा अढाई करोडको लागतमा ब्याटमिन्टन हल बन्ने

१३ असार ७६, शनिबार

१३  असार, विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा आधुनिक ब्याटमिन्टन हलको निर्माण हुने भएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले संयुक्त रुपमा शुक्रबार विराटनगर ब्याटमिन्टन क्लबको कभर्ड हलको शिलान्यास गरेको छन् ।

विराटनगर–७ स्थित हाटखोलामा निर्माण हुन लागेको अन्तर्राष्टियस्तरको कभर्ड हल एक वर्षभित्र निर्माण पूरा हुने भवन उपभोक्ता समितिका सचिव डिल्लीराम डाँगीले बताए । महानगरपालिकाले सिंघिया खोला नजिक दिएको ६ कठ्ठा जग्गामा करिब अढाइ करोड रुपैयाँको अनुमानित लागतमा भवन निर्माण हुने समितिले जनाएको छ । प्रदेश सरकार, महानगरपालिका र अन्य विभिन्न दाताबाट चन्दा संकलन गरी आधुनिक कभर्ड हल निर्माण हुने छ । ४ वटा कोर्ट, दर्शकका लागि प्याराफिट, बाथरुम, चेन्जिङ रुम र जिम हलसहितको कभर्ड हल निर्माण हुनेछ । शिलान्यासका क्रममा मन्त्री घिमिरेले भवन डिजाइन हेर्दा एकदमै राम्रो देखिएको र यो निर्माण पूरा गर्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै महानगरपालिकाका प्रमुख पराजुलीले भवन निर्माणका लागि स्थानीय सरकार र प्रदेश सरकार मात्रै नहुने भन्दै संघीय सरकार र अन्य सरोकारवालसँग सहकार्य गरिने बताए ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top