काठमाडौंमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन हुने

१३ असार ७६, शनिबार

१३ असार, काठमाडौं ।

सरकारले यहीअसार १५ र १६ गते ‘राष्ट्रिय श्रम तथा रोजगार’ सम्मेलन आयोजना गर्ने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी काठमाडौंमा सो सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो । मुलुकमा रोजगारीको समस्या समाधान गर्ने गरी सरोकारवाला व्यक्ति, निकाय र विज्ञहरुसँग पर्याप्त छलफल गर्ने उद्देश्यका साथ दुई दिने सो सम्मेलन आयोजना गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले जानकारी दिए । सम्मेलनमा रोजगारीको अवसर सृजना गर्ने क्षेत्रको पहिचान पनि गर्ने गरी कार्यपत्र प्रस्तुत गरिनेछ । प्रस्तुत कार्यपत्रको आधारमा सरकारले युवा वेरोजगारी समस्या समाधानका लागि आवश्यक नीति, कानुन र कार्यक्रम तय गर्ने पनि मन्त्री विष्टले बताए ।

Advertisement

प्रधानमन्त्री केपीशर्मा ओलीले उद्घाटन गर्नु हुने सो सम्मेलनमा सम्बन्धित क्षेत्रका एक हजारभन्दा बढि प्रतिनिधिहरु सहभागी हुनेछन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सो सम्मेलनमा नेपालीश्रम बजारको अवस्था र आयको स्थिति, कार्य संस्कृति र श्रम मर्यादा, नेपालमा युवा उद्यमशीलता, रोजगारी र सूचनाप्रविधि, रोजगारीका लागि सीपविकास लगायतका क्षेत्रमा विस्तृत छलफल गर्नेगरी कार्यपत्र प्रस्तुतगर्ने एजेन्डा पनि तय गरिएको जनाएको छ ।
मन्त्री विष्टले सम्मेलनमा नेपाली रोजगारदाता संस्थाहरुबारे जानकारी दिने खालकाप्रर्दशनी स्टलहरु पनि राखिने बताए ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top