१४ असार, काठमाडौँ ।
सरकारले शनिबार देखि मुलुकभर वृक्षरोपण अभियान सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानी काठमाण्डौको कोटेश्वरमा नास्पतिको विरुवा रोपेर बृक्षरोपण अभियानको शुभारम्भ गरेका हुन् ।
वृक्षरोपण अभियान शुभारम्भ कार्यक्रममा सरकारका मन्त्रीहरु, उच्चपदस्थ अधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधि, सर्वसाधरण लगायतको उल्लेख्य उपस्थिति थियो । वृक्षरोपण अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले औषधीयुक्त वनस्पतिको महत्व बुझेर संरक्षण र सम्बद्र्धनको साथै नया विरुवा रोप्न सबैलाई आग्रह गरे ।
सरकारले यस बर्ष सबैलाई विरुवा उपलब्ध गराउन नसकेपनि आगामी बर्ष विरुवा उपलब्ध गराउने आश्वासन दिए । उनले विरुवा रोप्नका लागि जग्गा उपलब्ध नभए गमलामा भए पनि रोप्न आग्रह गरे ।
असार १४ लाई राष्ट्रिय वृक्षरोपण दिवसको रुपमा मनाउने सरकारको निर्णय अनुसार शनिबार राजधानी काठमाडाँै लगायत मुलुकभर वृक्षरोपण गरिएको हो ।
राजधानीमा भने कोटेश्वर देखि कलंकी सडकखण्डमा वृक्षरोपण गरिएको छ । सरकारले वृक्षरोपण अभियान अन्र्तगत ३ बर्ष भित्र ३ करोड फलफूलका बिरुवा रोप्ने योजना बनाएको छ । योजना कार्यान्वयनका लागि सरकारले मातहतका निकायलाई निर्देशन दिएको छ ।