अमेरिका चीनबीचको सहमतिपछि हुवावेको प्रतिबन्ध हट्यो

एजेन्सी, असार १५
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति शी जिनपिङबीच ब्यापारिक मुद्दामा नयाँ शिराबाट वार्ता गर्ने सहमति भएको छ । यसले विश्वका दुई शक्तिशाली देशबीच जारी ब्यापार युद्ध तत्कालका लागि कम भएको मानिएको छ ।

जी—२० शिखर सम्मेलनमा भाग लिन जापानको ओसाका पुगेका ट्रम्प र शी जिनपिङबीच शनिबार भेटवार्ता भएको थियो । यो भेटलगत्तै अमेरिका र चीन व्यापार वार्ता फेरि थाल्न सहमत भएका हुन् । यो सहमतिसँगै विश्वले आर्थिक मन्दीबाट केही राहत पाउने आश गरिएको छ ।

Advertisement

अमेरिकी राष्ट्रपति ट्रम्पले चीनको सबैभन्दा ठूलो सूचना प्रविधि कम्पनीमध्ये एक हुवावेलाई बिक्री जारी राख्न अनुमति दिएका छन् । ट्रम्पको यो घोषणालाई ठूलो छुटका रुपमा हेरिएको छ । यो घोषणा यसकारण पनि महत्वपूर्ण छ कि यसअघि अमेरिकाले चीनलाई अतिरिक्त व्यापारिक प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।

 

Advertisement

ट्रम्पले आगामी दिनमा बेइजिङसँग वार्ता जारी राख्ने पनि बताएको बीबीसीले जनाएको छ । चीनले हुवावेका उत्पादनमार्फत जासुसी गरिरहेको आरोप अमेरिकाले लगाउँदै आएको थियो भने चीनले आरोपको खण्डन गर्दै आइरहेको थियो । यही विवादका कारण अमेरिकाले चिनियाँ उत्पादनहरुमा अतिरिक्त कर लगाएपछि दुवै देश ब्यापार युद्धको अवस्थामा आएका थिए ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top