यौन उन्मादले विकृत बन्दै समाज, छोरीकै योजनामा आमाको हत्या

काठमाडौं : भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बाँसबारीकी ६१ वर्षीया सावित्रा भट्टराईको हत्यामा उनकै छोरीको संलग्नता रहेको खुलेको छ । आफ्ना पति हुँदा हुँदै परपुरुषसँगको सम्बन्धमा रहेकी २७ वर्षीया छोरी ईश्वरी भट्टराईले प्रेमीसँगको सम्बन्धका कारण आमाको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । आइतबार बिहान चक्कु प्रहार गरी घाँटी रेटेर सावित्रीको हत्या गरिएको थियो ।

हत्याको अनुसन्धानका क्रममा प्रहरीले उनकी छोरी २७ वर्षीया ईश्वरीसहित चारजनालाई पक्राउ गरेको छ । ईश्वरीले सिराहा स्थायी घर भई भक्तपुर पुरानो ठिमी बस्दै आएका प्रेमी मोहम्मद नौसादसँगको सम्बन्ध आमाबाट बाहिर आउने थाहा पाएपछि आमाको हत्याको योजना बुनेको प्रहरीले बताएको हो ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले प्रेमी नौसादसँगको सम्बन्ध आमाले थाहा पाएपछि छोरीको घरबार बिग्रन नदिने र ज्वाइँलाई भनिदिने भनेपछि ईश्वरीले प्रेमीसँग मिलेर आमाको हत्या गरेको बताए ।

Advertisement

‘पटक–पटक छोरीलाई भेट्न नौसाद घर आउन थालेपछि आमाले उनीहरुको सम्बन्धबारे थाहा पाइन्, सो कारण छोरीको घर बिग्रन नदिन र ज्वाइँलाई जानकारी दिने भनेपछि प्रेमीसँग मिलेर हत्याको योजना बुनेको देखिन्छ,’ महाशाखाका प्रमुख थापाले भने । उनले हत्यामा भाडाका मान्छे प्रयोग गरिएको अनुसन्धानबाट खुलेको समेत जनाए । यो खबर आजको राजधानी दैनिकले छापेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top