लिबियाबाट बाँचेर स्वदेश फर्किए आठ नेपाली

काठमाडौं : अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) को सहयोगमा द्वन्द्वग्रस्त मुलुक लिबियाबाट शुक्रबार आइपुगेका आठ नेपालीले महिनौं लामो कष्टकर बसाइपछि बल्लतल्ल बाँचेर नेपाल फर्किएको बताएका छन्।

Advertisement

गत मंगलबार त्रिपोली नजिकैको एक आप्रवासी कामदार बस्ने क्याम्पमा विद्रोही समूहले गरेको हवाई आक्रमण्मा उनीहरूसँगै लिबिया पुगेका लमजुङ बेंसीसहरका सन्तोष श्रेष्ठको मृत्यु भएको थियो।

त्रिपोलीबाट अवैध रूपमा डुंगा चढेर इटाली छिर्न खोजेका आठ जनालाई भने सामुद्रिक सुरक्षा गार्डले फर्काएपछि झन्डै एक महिना क्याम्पमा बसेर उनीहरू नेपाल फर्किएका हुन्। यसरी फर्कनेमध्ये एक थिए– लमजुङ बेंसीसहरका दिनेश बस्नेत। शुक्रबार बिहान ७ बजे विमानस्थल बाहिर भेटिएका दिनेशसहितले आफ्ना दुःखपूर्ण लिबिया यात्राको वृत्तान्त सुनाए।, याे समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top