×

NEPAL TIMES UPDATES

Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026
Playing
कीर्तिपुरमा फ्लडलाइट डेब्यू, यूएईविरुद्ध नेपालको चुनौती|| Nepal Times
Apr 20, 2026
Playing
शेयर खरिदबारे Sudan Gurungको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ? || Nepal Times
Apr 20, 2026
Playing
भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब || Nepal Times
Apr 20, 2026
Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026

फलफूलका बिरुवा रोपण देशव्यापी बन्दै

२१ असार २०७६

२१ असार,काठमाडौँ ।
वृक्षरोपणमा फलफूलका बिरुवा रोपणलाई जोड दिने नीति नेपाल सरकारले अङ्गीकार गरेको छ । गएको वर्ष विश्व वातावरण दिवसका दिन जुन ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार परिसरमा एभोकेडो र लिचीको बिरुवा रोपेका थिए ।

एक वर्षअघि रोपिएका ती बिरुवा राम्ररी जागेर झाँगिदै गएका छन् । सरकारले २०७६ लाई वृक्षरोपण वर्ष तथा यस वर्ष असार १४ गतेदेखि राष्ट्रिय वृक्षरोपण दिवस मनाउने मन्त्रिपरिषद्को यही असार ८ को निर्णय अनुसार देशका विभिन्न भागमा खेर गएका जमीनहरुमा फलफूलका बिरुवा रोप्ने क्रम जारी छ । यो अभियान देशव्यापी हुँदै गएको छ ।

Advertisement
Advertisement

विगतका वातावरण दिवसमा रुख रोप्ने तर, ती बिरुवाको खासै हेरचाह नहुने हँुदा एउटै ठाउँमा वर्षेनी वृक्षरोपण गर्नुपर्ने अवस्था हुन्थ्यो । यस्तो प्रवृत्तिको अन्त्य गरी फलफूलका बिरुवा रोपिँदा बढी संरक्षण हुने र ती बिरुवाले केही वर्षमै प्रतिफल पनि दिने अपेक्षा गरिएको छ । वन तथा वातावरण मन्त्रालयले वृक्षरोपणमा ३० प्रतिशत बिरुवा फलफूलका हुनुपर्ने नीति नै बनाएको छ ।

यस वर्षदेखि खेर गएका जग्गालाई फलफूलले भर्ने लक्ष्यसहित वृक्षरोपण अभियान फलफूलका बिरुवा रोपणतर्फ मोडिएको छ ।यसै सिलसिलामा प्रधानमन्त्री ओलीले असार १४ गते कोटेश्वरमा नास्पातिको बिरुवा रोपी वृक्षरोपण अभियानको शुरुआत गरे । यसवर्ष वृक्षरोपण दिवसमा मात्र काठमाडौँको चक्रपथ किनारामा दुई हजार ६८१ बिरुवा रोपिएका वन तथा वन्यजन्तु संरक्षण महाशाखाका उपमहानिर्देशक डा राजेन्द्र केसीले जानकारी दिए । देशव्यापी वृक्षरोपणको विवरण भने आइसकेको छैन । यस वर्षको देशव्यापी वृक्षरोपणमा सेनाले पनि सघाएको छ । सो दिनदेखि असार १९ गतेसम्ममा सेनाका जवानले ४५ हजार १४२ बिरुवा (अधिकाँश फलफूलको बिरुवा) रोपेका नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बताए । सेनाले यस वर्ष एक लाख ५० हजार ९७७ बिरुवा रोप्ने लक्ष्य लिएको छ ।

प्रधान सेनापतिबाट एकै दिन चार जिल्लामा वृक्षरोपण

वृक्षरोपणको राष्ट्रिय अभियानलाई सघाउने उद्देश्यले नेपाली सेनाले पनि ‘एक जवान एक रुख’को नीति लिई वृक्षरोपणलाई देशव्यापी बनाउन सघाएको छ । असार १४ मा सो दिवसको अवसरमा प्रधान सेनापति महारथि पूर्णचन्द्र थापाले देशका चार जिल्लाका चार ठाउँमा वृक्षरोपण गर्र्नुभयो । अधिकाँश ठाउँमा फलफूलकै बिरुवा रोपिएका थिए । प्रधान सेनापति थापाले काभ्रेको भकुण्डेवेँसीस्थित दलसिङ्गे पाखो, बर्दिवासस्थित मध्यपूर्वी पृतनाको खेर गएको जमीन तथा चितवन जिल्लाको शक्तिखोरस्थित सिंहनाथ गण (कमाण्डो) परिसरमा वृक्षरोपण गरी काठमाडौँ फर्केपछि त्रिभुवन विमानस्थलस्थित त्रिभुवन आर्मी गल्फ कोर्सको जमीनमा बिरुवा रोपे ।

उनले भकुण्डेवेँसीमा आँप, बर्दिवासमा रुद्राक्ष, शक्तिखोरमा लिची र गल्फ कोर्समा सुन्तलाको बिरुवा रोपे । ती सबै ठाउँमा रक्षासचिव रेश्मीराज पाण्डेले पनि बिरुवा रोपे । चीनमा विभिन्न शहरमा कपुरका बिरुवा रोपिने गरेको र आफूलाई पनि सो बिरुवा मनपर्ने उनी बताउँदै थिए । प्रधान सेनापति थापाका अनुुसार त्रिभुवन विमानस्थल गल्फ कोर्समा बिरुवा रोपिँदा विमानस्थलको सौन्दर्य बढाउन पनि सहयोग पुग्छ । सेनाको ‘गो ग्रीन क्याम्पेन’ अन्तर्गत गल्फ कोर्सले पनि हरियाली कायम गर्न अभियान चलाउँदै आएको छ ।

कसरी शुरु भयो अभियान ?
गत वर्षको विश्व वातावरण दिवसमा प्रधानमन्त्री ओलीले सिंहदरबार परिसरमा एभोकेडो र लिचीको बिरुवा रोपेपछि फलफूलको बिरुवा रोप्ने क्रम शुरु भएको हो । यसवर्ष पनि सोही दिन उनले एभोकेडोको बिरुवा रोपेर अभियानलाई निरन्तरता दिए । विसं २०७५ को जेठ २२ देखि मङ्सिरसम्म देशभर २८ लाख ९० हजार ९१९ फलफूलका बिरुवा रोपिएको बताउँछन् , प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव विनोद बहादुर कँुवर । प्रधानमन्त्री ओलीको चाहना अनुसार नै विभिन्न जिल्ला, महानगर, उपमहानगर, नगर तथा गाउँपालिकाहरुलाई प्रधानमन्त्री कार्यालयबाटै पत्राचार गरी सातै प्रदेश र ७७ जिल्लामा वृक्षरोपणको अभियान चलाइएको उनी बताउँछन् । अभियान शुरु हुँदा तीन वर्षमा तीन करोड फलफूलका बिरुवा रोप्ने लक्ष्य लिइएको थियो । यस वर्ष वृक्षरोपण दिवसमा रोपिएका फलफूलका बिरुवाको देशव्यापी विवरण भने आइनसकेको प्रवक्ता कुँवरले बताए ।

विसं २०७५ मङ्सिरसम्म सङ्कलित विवरण अनुसार गण्डकी प्रदेशमा सबैभन्दा बढी ८ लाख तीस हजार २१४ र सबैभन्दा कम प्रदेश नं २ मा ६५ हजार ७७३ वटा फलफूलका बिरुवा रोपिएका थिए । प्रदेश नं ५ ले चार लाख २४ हजार २२४, प्रदेश नं ३ ले तीन लाख ५५ हजार ३३६, कर्णाली प्रदेशले दुई लाख ५६ हजार ४३५, प्रदेश नं १ ले दुई लाख दुई हजार ३६४ र सुदूर पश्चिम प्रदेशले एक लाख ८२ हजार ३९३ फलफूलका विरुवा रोपेका थिए । यस क्रममा नेपाली सेनाले ४१ हजार ७८१, नेपाल प्रहरीले ३४ हजार १०३, सशस्त्र प्रहरीले २४ हजार ७३७ र बंैक तथा वित्तीय संस्था एवं सार्वजनिक संस्थाले २५ हजार ४०० गरी जम्मा १ लाख २६ हजार २१ फलफूलका बिरुवा रोपेका थिए ।

विभिन्न प्रदेश, जिल्ला, महानगर, नगर, गाउँपालिकाहरुमा रोपिएका फलफूलका बिरुवामा कागतीका सबैभन्दा बढी पाँच लाख चार हजार ४९४ बिरुवा रोपिएका थिए भने दोस्रोमा अलैँचीका चार लाख ६९ हजार १५० र तेस्रोमा सुन्तला÷मुन्तलाका तीन लाख ३९ हजार ८३८ बिरुवा रोपिएका थिए । अन्य रोपिएका फलफूलका बिरुवामा आँप, लिची, केरा, स्याउ, अम्बाका छन् । सबैभन्दा कम रोपिएको फलफूलमा भूइँ कटहरका ५ मात्र रहेका छन् ।

जिल्लागत रुपमा सबैभन्दा बढी फलफूलका बिरुवा रोप्ने जिल्लामा क्रमशः लमजुङ, रोल्पा, पर्वत, उदयपुर र कास्की रहेका छन् । लमजुङमा तीन लाख ८१ हजार ८६७ बिरुवा रोपिएका थिए । रोल्पामा दुई लाख १३ हजार ३१५, पर्वतमा एक लाख ७० हजार ९६४, उदयपुरमा एक लाख आठ हजार ४४५ र कास्कीमा एक लाख तीन हजार २६५ बिरुवा रोपिएका थिए । न्यून सङ्ख्यामा फलफूलका बिरुवा रोप्ने पाँच जिल्लामा क्रमशः मुस्ताङ, बैतडी, सल्यान, मनाङ र तेह्रथुम रहेका छन् । ती जिल्लामा क्रमशः १३, १७, ५५, ५६ र ६० फलफूलका बिरुवा रोपिएका थिए ।

वृक्षरोपण अभियानले गत वर्ष २०७५ मै गति लिइसकेको थियो भने सरकारले यसलाई अभियानको रुपमा लैजाने तदारुकता देखाएको हो । यस वर्षदेखि असार १४ गते राष्ट्रिय वृक्षरोपण दिवस मनाउने घोषणासँगै विभिन्न निकाय तथा जनप्रतिनिधिको प्रयासमा ठूलो सङ्ख्यामा देशभर बिरुवाहरु रोपिएका छन् ।

यसरी यो अभियानले हरियाली कायम भई वातावरण संरक्षणमा योगदान पुग्ने मात्र नभई रोपेका वृक्षबाट फलफूल पनि प्राप्त हुने देखिएको छ । यी बिरुवाहरु बढ्दै जाँदा खाली रहेका जमीन फलफूलमय हुनेछन् र सर्वसाधारण जनतालाई पनि फलफूलका बिरुवा रोप्ने प्रेरणा मिल्नेछ । फलफूलका बिरुवा छिट्टै बढ्ने र केही वर्षभित्रै फल लाग्ने प्रकृतिका समेत रहेका छन् । वृक्षरोपणबाट पानीका स्रोत संरक्षणमा पनि मद्दत पुग्छ ।

वृक्षरोपणमा सेना लगायतका सुरक्षाकर्मीले गर्ने भूमिका प्रभावकारी देखिएको प्रध्रानमन्त्री कार्यालयका प्रवक्ता कँुवर बताउँछन् । उनीहरुले बिरुवा रोप्ने मात्र नभई संरक्षण पनि गर्ने र हुर्कन नसकेका ठाउँमा नयाँ बिरुवा ल्याई रोप्ने समेत गर्ने भएकाले वृक्षरोपण प्रभावकारी हुने गरेको छ ।

प्रधानमन्त्री ओलीले लुम्बिनीमा गौतमबुद्घ फलफूल बाटिका बन्न गरी फलफूलका बिरुवा रोप्न आह्वान गर्नु भएपछि लुम्बिनीमा पनि फलफूलका बिरुवा रोपिएका छन् । त्यहाँ सेनाले मात्र ५ हजार बिरुवा रोप्ने कार्यक्रम रहेको बताइएको छ । लुम्बिनी भ्रमण गर्ने देशी विदेशी भक्तजनले लुम्बिनी मै फलेका फलफूल प्रसादका रुपमा लैजान पाऊँन भनेर यहाँ पनि यो अभियान चलाइएको प्रवक्ता कुँवरले बताए ।

Advertisement

प्रधानमन्त्रीको फलफूल तथा प्राङ्गारिक खेतीतर्फको झुकावले नेपालको वृक्षरोपण फलफूल रोपणतर्फ मोडिएको छ र यसले अन्ततः नेपालको वातावरण संरक्षणका साथै समृद्घिलाई पनि सघाउने विश्वास गरिएको छ । रासस

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top