×

NEPAL TIMES UPDATES

Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ताको तयारी, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्ट साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026

विश्वकप क्रिकेट : दक्षिण अफ्रिकासँग अष्ट्रेलिया पराजित, वार्नरको शतक खेर

२२ असार २०७६

एजेन्सी, असार २२
एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा अष्ट्रेलिया दक्षिण अफ्रिकासँग १० रनले पराजित भएको छ । यससँगै विश्वकपको सेमिफाइनल समिकरण पुरा भएको छ । शीर्ष स्थानमा रहेको भारतले चौथो स्थानमा रहेका न्युजिल्यान्डसँग जुलाई ९ मा पहिलो सेमिफाइनल खेल्ने छ । दोस्रो स्थानमा रहेको अष्ट्रेलिया र तेस्रो स्थानमा रहेको इंग्ल्यान्डबीच जुलाई ११ मा दोस्रो सेमिफाइन खेल हुने छ ।

म्यानचेस्टरमा ३ सय २६ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलिया ४९.५ ओभरमा अल आउट हुँदै ३ सय १५ रनमा समेटियो । अष्ट्रेलियाका ओपनर डेविड वार्नरले १ सय २२ रनको योगदान गरेपनि टोलीको हार टार्न सकेनन् । ४० ओभरको पहिलो बलमा ठूलो सर्ट खेल्ने धुनमा क्रिस मोरिसले उत्कृष्ट क्याच लिएपछि पेभिलिएन फर्किनुअघि १ सय १७ बलमा १५ चौका र २ छक्का प्रहार गरे । विश्वकपमा वार्नरको यो तेस्रो शतक हो । त्यस्तै वान डे करिअरको भने १७ औं शतक पर्दछ । त्यस्तै एलेक्स केरिले ८५ रनको योगदान दिए । ४६ ओभरको दोस्रो बलमा मोरिसले एडेन मार्करामबाट क्याच आउट गराउनु अघि केरिले ६९ बलमा ११ चौका र १ छक्का प्रहार गरे ।

Advertisement
Advertisement

अष्ट्रेलियाले तेस्रो ओभरको पहिलो बलमा कप्तान आरोन फिन्चलाई ३ रनमा गुमाएको थियो । फिन्चलाई इमरान ताहिरले एडेन मार्करामबाट क्याच आउट गराए । सातौं ओभरको तेस्रो बलमा प्रिटोरियसले स्टिभ स्मिथलाई ७ एलवी डब्लू आउट गरे । मार्कस स्टोइनिस २२ रनमा रन आउट हुन पुगे । ग्लेन म्याक्सवेल गलत सर्ट खेल्दै विकेटकीपर क्विन्टन डी ककबाट १२ रनमा क्याच आउटपछि अष्ट्रेलिया संकटमा परेको थियो । मिचेल स्टार्क १६,जेसन बेहरनडर्फ ११ र नाथन लायनले ३ रन जोडे ।

दक्षिण अफ्रिका लागि कागिसो रबाडाले १० ओभरमा ५६ रन खर्चेर ३ विकेट हात पारे । ड्वनी प्रिटोरियस र एन्डिलो फेहलुवकलो समान २ विकेट लिए । इमरान ताहिर र क्रिस मोरिसको नाममा समान १ विकेट रह्यो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय २५ रन बनायो । अफ्रिकाका लागि कप्तान फाफ डु प्लेसिसले १ सय रनको योगदान दिए । ४३ ओभरको अन्तिम बलमा जेसन बेहरनडर्फले मिचेल स्टार्कबाट क्याच आउट गराउनु अघि ९४ बलमा ७ चौका र २ छक्का प्रहार गरे । प्लेसिसले ९३ बलमा आफ्नो वान डे करिअरको १२ औं शतक पुरा गरे । विश्वकपमा उनको पहिलो शतक समेत हो ।

त्यस्तै रस्सि भान डर दुसेनले पनि उत्कृष्ट प्रर्दशन गरे । अन्तिम बलमा क्याच आउट हुुनुअघि दुसेनले ९७ बलमा समान ४ चौका र छक्का सहित ९५ रनमा क्याच आउट भए । दुसेन र प्लेसिसले तेस्रो विकेटका लागि १ सय ५१ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए । १२ ओभरको तेस्रो बलमा नाथन लायनले विकेटकीपर एलेक्स केरिबाट स्टम्पिङ आउट गराउनु अघि एडेन मार्करामले ३७ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।

त्यस्तै नाथन लायनले क्याच आउट गराउनु अघि अर्का ओपनर क्विन्टन डी ककले ५१ बलमा ७ चौका सहित ५२ रनमा अविजित रहे । जेपी ड्युमिनी १४ रनमा क्याच आउट भए । अष्ट्रेलियाका लागि नाथन लायन र मिचेल स्टार्कले समान २ विकेट हात पारे । जेसन बेहरनडर्फ र प्याटकमिन्सको नाममा १९१ विकेट रह्यो ।

भारत ९ खेलमा ७ मा जित र १ मा हारका साथ १५ अंक जोड्दै शीर्ष स्थानमा रह्यो । अष्ट्रेलिया ९ खेलमा ७ मा जित र २ मा हारका साथ १४ अंक जाड्दै दोस्रो स्थानमा रह्यो । घरेलु टोली इंग्ल्यान्ड ९ खेलमा ६ मा जित र ३ मा हारका साथ १२ अंक सहित तेस्रो स्थानमा रह्यो । ९ खेलमा ५ मा जित र ३ मा हारका साथ ११ अंक बटुल्दै न्युजिल्यान्ड चौथौ स्थानमा रह्यो ।

Advertisement

जुलाई ९ मा भारत र न्युजिल्यान्डबीच म्यानचेस्टरमा पहिलो सेमिफाइनल हुनेछ । त्यस्तै अष्ट्रेलिया र इंग्ल्यान्डले जुलाई ११ मा दोस्रो सेमिफाइनल खेल्नेछन् । विश्वकपको फाईनल जुलाई १४ मा हुनेछ ।

भर्खरको समाचार

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top