×

NEPAL TIMES UPDATES

Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026

साउनदेखि अन्तराष्ट्रिय विमानस्थलमा पर्यटकसँग १ हजार लिन नपाइने, वार्षिक डेढ अर्ब गुम्दै

३० असार २०७६

३० असार, काठमाडौँ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले साउनदेखि विदेशी पर्यटकसँग एयरपोर्ट विकास कोष(एडिएफ) उठाउन नपाउने भएकाे छ । पाँच वर्षअघि मन्त्रिपरिषदले गरेकाे निर्णयका अाधारमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले हरेक विदेशी पर्यटकसँग एयरपोर्ट विकास कोष(एडीएफ) वापत एक हजार रुपैंयाँ असुल्दै आएको थियो ।

Advertisement
Advertisement

पाँच वर्षकाे म्याद यहि असार मसान्तमा सकिदैछ । एयरपोर्ट विकास कोष(एडिएफ) नविकरणा सम्बन्धी फाइल समयमै मन्त्रिपरिषदबाट पास गराउने पर्यटन मन्त्रालय असफल भएपछि विमानस्थलले अर्बौं आम्दानी गुमाउने अवस्था सृजना भएको हो ।

हालसम्म त्यस्तो शुल्क वापत ८ अर्ब रुपैंयाँ भन्दा बढी संकलन भैसकेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल लेखा शाखा प्रमुख शशिलाल प्रधानले जानकारी दिए । प्रधानका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा १ अर्ब ७१ करोड रुपैंयाँ संकलन भएको छ ।

एडीएफ असुल्ने म्याद असार मसान्तसँगै समाप्त हुँदैछ । तर फाइल मन्त्रिपरिषद पठाउने गृहकार्य अझै टुंगिएको छैन् । ‘असार मसान्तबाट एडीएफ शुल्क उठाउने म्याद सकिँदैछ, त्यसअघि नै मन्त्रिपरिषदबाट पास गरिसक्नुपर्ने हो, तर अहिलेसम्म त्यस्तो सम्भावना देखिएको छैन’, पर्यटन मन्त्रालय उच्च श्रोतले भन्यो ।

श्रोतका अनुसार एडीएफ शुल्क सम्बन्धी फाइल पर्यटन मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ । अर्थ मन्त्रालयले स्वीकृति दिएपछि पर्यटन मन्त्रालय मार्फत मन्त्रिपरिषदमा लगेर पास गराउनुपर्छ । तर यतिबेला पर्यटन मन्त्रालयको जिम्मेवारी स्वयं प्रधानमन्त्री केपी ओलीले गरिरहेका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको पूर्वाधार विकासमा मात्रै खर्च हुने गरि असुलिँदै आएको शुल्कबाटै विमानस्थल सुधारको काम भैरहेको छ । सोही शुल्कबाट धावन मार्गको मर्मत तथा स्तरोन्नतिको काम भैरहेको छ । तर सरकारले समयमै निर्णय नगरिदिँदा आगामी आर्थिक वर्षमा त्यस्तो शुःल्क उठाउन नपाउने अवस्था सृजना भैरहेको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले एडीएफ शुल्क असुल्ने म्याद थपका लागि निर्णय भई नसकेको बताए । ‘हामीले आफ्नो तर्फबाट काम सकेर प्राधिकरण मार्फत मन्त्रालय फाइल पठाएका छौं, कुनै निर्णय भएको जानकारी पाएका छैनौं’, विमानस्थलका महाप्रबन्धक क्षेत्रीले विकासन्युजसँग भने ।

विमानस्थलले बर्सेनी एडिएफ शुल्क वापत डेढ अर्ब भन्दा बढी रकम संकलन गर्दै आएको थियो । सोही शुल्कबाट विमानस्थलको धावन मार्ग मर्मत तथा सुधार, ब्युटिफिकेशन लगायतका काम गर्दै आएको थियो । तर पर्यटन मन्त्रालयमा विभागिय मन्त्रीको अभावले एडीएफ शुल्क सम्बन्धी फाइल समयमै अघि नबढेको जानकारहरू बताउँछन् ।

Advertisement

हेलिकप्टर दुर्घटनामा परी पर्यटन मन्त्री रविन्द्र अधिकारीको निधन भएसँगै टुहुरो बनेको पर्यटन मन्त्रालयसँगै एक मात्रै अन्तराष्ट्रिय विमानस्थलले समेत अधिकारीको अभाव महशुस गरेको हो । विभागीय मन्त्रीको अभावमा यतिबेला त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले बार्षिक २ अर्ब भन्दा बढी आम्दानी गुमाउने अवस्था सृजना भएको छ ।(विकास न्युजबाट)

भर्खरको समाचार

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

सम्बन्धित खबरहरु

Scroll to Top