विराटनगरको आर्दश माविलाई उत्कृष्ट माध्यमिक विद्यालयको सम्मान

विराटनगरको आर्दश माविलाई उत्कृष्ट माध्यमिक विद्यालयको सम्मान

३० असार, विराटनगर । 

विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयले राष्ट्रियस्तरको उत्कृष्ट माध्यमिक विद्यालय सम्मान प्राप्त गरेको छ । राष्ट्रिय नाचघर काठमाडौं असार २८ गते आयोजित कार्यक्रमकाबीच सो विद्यालयलाई उक्त सम्मान प्रदान गरिएको हो ।

गुणस्तरयुक्त र अनुशासित जनशक्ति उत्पादन गर्न अहम भूमिका खेलेको कदरस्वरुप सो बिद्यालयलाई नागरिक एकता समाजले उत्कृष्ट विद्यालयको रुपमा सम्मानित गरेको हो । पूर्व उपराष्ट्रपति परमानन्द झाले आदर्श माध्यमिक विद्यालयका प्राचार्य तुलसीप्रसाद दुलाललाई कदरपत्रसहित उक्त सम्मान प्रदान गरे । विद्यालयका प्राचार्य दुलालले विद्यालयमा कार्यरत शिक्षक,कर्मचारी र विद्यालय ब्यवस्थापन समिति लगायत सबैको साझा प्रयासबाट आदर्शले सामुदायिक विद्यालयतर्फ राष्ट्रियस्तरमै प्रतिष्ठा कमाउन सफल भएको बताए ।

विक्रम सम्बत १९८६ सालमा स्वर्गिय कृष्णप्रसाद कोइरालाले स्थापना गरेको ऐतिहासिक सो बिद्यालयमा हाल बाल कक्षादेखी १२ सम्म २ हजार २ सय ६६ जना अध्ययनरत रहेको विद्यालयले जनाएको छ । एसईई परीक्षामा समेत सो विद्यालयले उत्कृष्ठ नतिजा हासिल गर्दै आएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.