‘वार’ को टीजर सार्वजनिक, ऋतिक र टाइगरको जबरजस्त एक्सन (भिडियो)

३० असार ७६, सोमबार
Share this
798shares

एजेन्सी, असार ३०
बलिउडका दुई एक्सन सुपरस्टार ऋतिक रोशन र टाइगर श्राफ स्टारर फिल्म ‘वार’ को अफिसियल टीजर सार्वजनिक भएको छ । आगामी २ अक्टूबर अर्थात् असोज १५ गतेबाट प्रदर्शनमा आउने सो फिल्मको टीजर आईतबार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

Advertisement

‘टू हिरोज वान वार’ को ट्यागलाइनसहित निर्माण कम्पनी यशराज फिल्म्सले सार्वजनिक गरेको फिल्मको ५३ सेकेण्डको टीजरमा ऋतिक र टाइगरबीच घमासान युद्ध देखाइएको छ । दुईसँगै टीजरको एक दृश्यमा अभिनेत्री वाणी कपूर पनि देखिएकी छन् ।

फिल्ममा इन्टरनेशनल लेभलको एक्सन छ । ऋतिक र टाइगरलाई बलिउडमा एकअर्कासँग तुलना गर्ने गरिन्छ । एक्सन र नृत्य दुबैमा पोख्त दुईले पहिलो पटक स्क्रिन साझेदारी गरेका कारण ‘वार’ को दर्शकमा व्यग्र प्रतिक्षा छ । फिल्मका निर्देशक सिद्धार्थ आनन्द हुन् ।

Advertisement

निर्देशक आनन्द भन्छन्, ‘हामी भारतमा बनेका एक्सन फिल्मबीच बेन्चमार्क स्थापित गर्न चाहन्छौं । त्यसैले पहिलो पटक एउटै छानो मूनी हामीले दुनियाँका दुई सबैभन्दा ठूला एक्सन कोरियोग्राफरलाई साथ लिएका छौं, ताकि अहिलेसम्म कुनै फिल्ममा पहिला कहिल्यै नदेखेको केही अद्भुत एक्सन सिन डिजाइन गर्न सकौं ।’

फिल्ममा हलिउडका दुई प्रख्यात एक्सन कोरियोग्राफीले एक्सन सिन डिजाइन गरेका छन् । यो फिल्म हिन्दीसँगै तमिल र तेलुगू भाषामा पनि रिलिज गरिनेछ । फिल्मको निर्माण आदित्य चोपडाले गरेका हुन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top