पानीको निकास नहुँदा कटहरीका गाँउ अझै जलमग्न (फोटो फिचरसहित)

३० असार, विराटनगर ।
बस्ती पसेको बाढीको पानीले निकास नपाउदा कटहरी गांउपालिकास्थित सुकुम्बासी बस्तीका बासिन्दाले सास्ती झेल्नु परेको छ । लामो समयसम्म पानीले निकास नपाएका कारण उनिहरुको घर भत्किदै गएको छ भने उनिहरुमा स्वास्थ्यय समस्या समेत देखिएको छ । कटहरी गांउपालिका वडानम्बर ४ मा रहेको सुकुम्बासी बस्तीमा गएको बिहीबार बाढीको पानी प्रवेश गरेको थियो । ५ दिन अघि पसेको पानीले निकास नपाएर गांउमै जमेपछि त्यहाँका बासिन्दाले विभिन्न प्रकारका समस्या झेल्नुपरेको छ ।

पानी पसेको यत्तिका दिन बितिसक्दा समेत निकासको पहल नगरिरएका कारण आफ्नो माटोले बनाइएको कच्ची घर भत्किएको स्थानिय रामईकबाल लाल दासले गुनासो गरे । लामो समयसम्म पानी जमेका कारण टाटी मक्किएर कामै नलाग्नेगरि घर भत्किएको उनले बताए । गांउभरि पानी जमेका कारण दास जस्तै सो गांउका १ सय ३ घरपरिवार बाढीको पानीबाट पीडित भएका छन् । सोहि ठांउकी ४५ बर्षिय हिरादेवी कामतले आँगनमा ३ फिट पानी जमेका कारण असहज भएको बताइन् । उनले घरभित्र पसेको पानी निस्किएपछि घरकोठामा बाक्लोगरि माटोको हिलो जमेका कारण सुत्न बस्न योग्य नरहेको बताइन् ।

Advertisement

लामो समयसम्म घरआँगनमा पानी जमेर बसेका कारण स्थानीयलाई पिउने पानीको समेत समस्या भएको छ । बाढीको पानीका कारण पानीका ट्वीवेलहरुको पानी प्रदुषित भएको र त्यस्तो पानी सेवन गरेका कारण बस्तीका कयौं बालबालिका र महिलाहरु बिरामी भएका छन् । सो टोलमा ग्राभेल सडक निर्माण गरिएपनि नाला निर्माण नगरिएका कारण बस्तीका बासिन्दा प्रत्येकबर्ष सोहि प्रकारको पीडा खेप्दै आएका छन् । बस्तीकै दक्षिणतर्फ रहेको लोहन्द्रा खोलाको बाढी प्राय प्रत्येकबर्ष गांउ पस्दै आएको छ । कटहरी गांउपालिकाको वडानम्बर ४ मा रहेका १३७० घरमध्ये ३ सय बढी घरपरिवार बाढीले प्रभावित भएको गांउपालिकाको कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top