मिसन पत्रकारिताले प्रधानमन्त्रीलाई ‘पेल्यो’ !

मिसन पत्रकारिताले प्रधानमन्त्रीलाई ‘पेल्यो’ !

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस जगत्ले आफूलाई खेदो खनेको विश्लेषण गर्दै भन्नुभएको छ, ‘मलाई मिसन पत्रकारिताले पेल्यो ।’

पछिल्लो पटक प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालयको ६०औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन जाँदा हिलोमाथि ओछ्याइएको रातो कार्पेटमा हिंडिरहेको तस्बीरसहितको समाचार प्रकाशित–प्रसारित गरिएपछि सो ‘दुखेसो’ पोख्नुभएको हो ।

सञ्चारविद् तथा पत्रकारिताका गुरु रामकृष्ण रेग्मी भन्नुहुन्छ, मिसन पत्रकारिता स्वयंमा खराब होइन, यसले के मिसन लिएको छ, त्यसले खराब हो कि ठीक हो भन्ने कुराको निर्णय गर्दछ । ‘विगतमा नेपाली प्रेसले प्रजातन्त्रका पक्षमा मिसन पत्रकारिता ग¥यो, त्यसलाई कसरी नराम्रो भन्ने रु’ रेग्मीले प्रश्न गर्नुभयो, बृहत् प्रजातान्त्रिक मूल्य–मान्यता, मानवीय हित र स्वतन्त्रताका पक्षमा मिसन पत्रकारिता गरिनुपर्छ, यसरी गरिने पत्रकारिता ठीक हुन्छ, तर निहित स्वार्थका लागि वा ब्यापारिक हितमा गरिने मिसन पत्रकारिता सही हुँदैन, यसलाई स्वीकार गर्न सकिन्न ।

‘हामीकहाँ सन्तुलनको समस्या हो, समानुपातिक ढंगले विषयलाई ग्रहण गर्न नसक्दा समस्या सिर्जना भएको हो’ उहाँले अर्थोपार्जन नगरी प्रेस जोगिन्न भन्दै संस्था जोगाउन गरिने मिसनलाई सही ठान्ने मानसिकता आजको मूल समस्या भएको उल्लेख गर्नुभयो ।, यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.