‘चपली हाइट ३’मा सौगात र सृष्टि फाईनल, मङ्सिर ३०मा रिलिज हुने

‘चपली हाइट ३’मा सौगात र सृष्टि फाईनल, मङ्सिर ३०मा रिलिज हुने

३१ असार, काठमाडौँ ।
सफल चलचित्र ‘चपली हाइट’को तेस्रो सिरिज ‘चपली हाइट ३’मा कलाकार सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहने पक्का भएको छ । चलचित्र  मङ्सिर ३० मा रिलिज हुने निर्माण पक्षले जनाएको छ ।

अर्जुन कुमारको लगानीमा बन्ने सो चलचित्रलाई चलचित्र ‘फाटेको जुत्ता’का निर्देशक निकेश खड्काले निर्देशन गर्ने भएका छन् । चलचित्र साउनदेखि छायाङ्कनमा जाने बताइएको छ । अघिल्ला दुई सिरिजझैँ यो सिरिज पनि नौलो कथामा निर्माण हुने निर्माता अर्जुनले बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.