करेन्ट लागेर १ जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु

३ साउन, इटहरी।
सुनसरीको इटहरी उप–महानगरपालिका–१२ मा रहेको बि.एस.मेटल फ्याक्ट्रीका कामदार ३० बर्षीय यादव श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको छ ।

बिहिवार दिउँसो साँढे ३ बजेको समयमा फ्याक्ट्रीमा रहेको लाईनको मेन स्विच चलाउने क्रममा करेन्ट लागि बेहोस भएका श्रेष्ठलाई उपचारको लागी बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएको थियो ।

उनको उपचारको क्रममा दिउँसो ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.