चलचित्र ‘सरौतो’को टीजर सार्वजनिक, सुमीको जबरजस्त एक्सन (भिडियो)

३ साउन ७६, शनिबार

४ साउन, काठमाडौँ ।
चलचित्र  ‘सरौतो’ को टीजर सार्वजनिक भएको छ । महिला केन्द्रित बताइएको सो फिल्मको एक्सनयूक्त टीजर शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

टीजरमा अभिनेत्री सुमी मोक्तानलाई जबरजस्त एक्सन अवसरमा देख्न सकिन्छ । अभिनेता सन्नी सिंहसँग उनको लभ र रोमान्सलाई पनि विशेष स्थान दिइएको छ ।
यसअघि सार्वजनिक भएको ‘कुले दाई’ बोलको गीतले फिल्मको हाइप निर्माणमा महत्त्वपूर्ण भूमिका खलिरहेको छ ।

टीजरले फिल्मप्रति दर्शकमा कौतुहलता जगाउने देखिन्छ । बदलाको कथा भनिएको यो फिल्ममा लियो ट्यांक, विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, मनिषा पुन मगर, प्रतिक दुलाल, राजेश रोय, मनोज तामाङ लगायतको अभिनय रहेको छ । फिल्मका निर्देशक हरी हुमागाईं हुन् । कुशल छायाँकारको रुपमा आफूलाई स्थापित गरेका उनको यो डेब्यू निर्देशित फिल्म हो । निर्देशक हुमागाईंले रिभेन्ज स्टोरीमा फिट हुन सुमीले एक्सनमा निकै मेहनत गरेको बताए ।

Advertisement

बिराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्ममा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कलर प्रविन मानन्धर, ब्याक ग्राउण्ड स्कोर ग्लिटर स्टूडियो, शंकर महर्जनको एक्सन रहनेछ ।

यसमा राजनराज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्रीको संगीत रहेको छ भने राजन, पुष्पन र मलसँगै मिलन अमात्य, श्रेया सोताङले स्वर दिएका छन् । कात्तिक २२ मा रिलिज हुने फिल्मलाई उपत्यकामा गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।

Advertisement

https://youtu.be/RlSkHgKf9C8

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top