पहिरोले अवरुद्ध हेटौँडा–काठमाडौँ सडक सञ्चालन

पहिरोले अवरुद्ध  हेटौँडा–काठमाडौँ सडक सञ्चालन

५ साउन, काठमाडौँ ।
भारी वर्षाका कारण ठाउँठाउँमा पहिरो गएर अवरुद्ध बनेको तराई तथा भित्री मधेशलाई काठमाडौँसँग जोड्ने छोटो मार्ग हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौँ मार्ग आज बिहानदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ । दश दिन लगाएर पहिरो पन्छाएपछि बाटो सञ्चालन भएको हो ।

इन्द्रसरोवर गाउँपालिकाअन्तर्गतको महालक्ष्मी खोलामा आएको पहिरो तथा अन्य सानातिना पहिरो हटाएर बाटो सञ्चालनमा ल्याएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । पानी पर्ने क्रम जारी नै रहेकाले सजगतासहित बाटो सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताए ।

‘‘फेरि पनि पहिरो जान सक्छ, हामीले त्यसका लागि पनि सावधानी अपनाएका छौँ, त्यसका लागि केही डोजर तयारी अवस्थामा छन्’’, उनले भने । पहिरोका कारण यो मार्ग अवरुद्ध हुँदा लामो मार्गका रुपमा रहेको त्रिभुवन राजपथको सडक खण्डबाट सवारी आवतजावत गरिरहेका थिए । रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.