पोखरीमा पौडी खेल्दा बालिकाको मृत्यु

पोखरीमा पौडी खेल्दा बालिकाको मृत्यु

५ साउन, इटहरी ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–५ मा रहेको पोखरीमा पौडी खेल्ने क्रममा १४ बर्षीया बालिकाको डुबेर मृत्यु भएको छ । पोखरीमा डुबेर धनकुटाको छिन्ताङ–५ घर भई बिगत ७ बर्ष देखि स्थानीय राजु अधिकारीको घरमा बस्दै आएका पबित्रा श्रेष्ठकी १४ बर्षीया छोरी अनु श्रेष्ठको मृत्यु भएको हो ।

शनिबार अपरान्ह अनु र अर्की छोरी १६ बर्षीया ममता श्रेष्ठ पनि पोखरीमा पौडी खेल्न गएका थिए । अनुको शवलाई पोष्टमार्टमको लागी बि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पठाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.