चलचित्र ‘सोच’को टिजरमा नीता र प्रज्वलको रोमान्स र द्वन्द(भिडियो)

५ साउन ७६, आइतबार

५ साउन, काठमाडौँ ।
चलचित्र ‘सोच’को टीजर सार्वजनिक भएको छ । भाद्र २० गतेबाट देशभर प्रदर्शनमा आउन लागेको सो चलचित्रको टीजर एक्सनयुक्त छ । सो चलचित्रमा एक्सन अभिनेता प्रज्वल गिरी र अभिनेत्री नीता ढुङ्गानाले पहिलो पटक स्क्रिन साझेदारी गरेका छन् ।

Advertisement

निर्माण टिमले फिल्म एक्सन–लभ स्टोरी जनरामा निर्माण भएको बताएको छ । चलचित्रमा निता र प्रज्वलका साथमा पूजन सिंह, विशाल पहारी, सोनिका बास्तोलालगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । पूजन सिंह (प्रभाकर प्रकाश)को निर्देशन, गङ्गा रजक र एसडी निर्माता रहेको चलचित्रमा एनवी महर्जनको द्वन्द्व छ ।

चलचित्रको कथा निर्देशक पुजनकै हो भने पटकथा र संवाद कृष्ण आचार्यले लेखेका हुन् । फिल्मलाई विदुर पाण्डेले खिचेको हुन् । चलचित्र समग्रमा मनोरञ्जन तथा सन्देश प्रवाह गर्ने निर्माण पक्षले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top