मोरङबाट गाँजा र झापाबाट खैरो हेरोईन सहित ४ जना पक्राउ

५ साउन ७६, सोमबार

६ साउन, विराटनगर ।
प्रतिबन्धित लागूऔषधसहित मोरङ र झापाबाट प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । मोरङको केराबारी गाउँपालिका–१० बगैँचा चोकबाट प्रहरीले लागुऔषध गाँजा सहित २ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले ३ किलो गाँजा सहित सोही ठाउँ बस्ने १८ वर्षीय गणेश तामाङ र जिग्री भुजेललाई पक्राउ गरेको हो ।

सोमवार बिहानको राती २ बजेको समयमा शंकास्पद अवस्थामा हिडिरहेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा ३ किलो लागूऔषध गाँजा फेला पारि दुवै जनालाई इलाका प्रहरी कार्यालय केराबारीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

त्यसैगरी आईतवार साँझ करिब ७ बजको समयमा झापाको मेचीनगर नगरपालिका–६ भन्सार गेट अगाडीबाट खैरो हेरोईन सहित २ जनालाई पक्राउ गरेको हो । लागूऔध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले ६ सय मिलिग्राम खैरो हेरोईन सहित ईलामको सुर्योदय नगरपालिका–१०फिक्कल बस्ने ३१ वर्षीय अमित लिम्बु र झापा बुद्धशान्ति गाउँपालिका–४बस्ने २१ वर्षीय किशन बेगालाई पक्राउ गरको हो ।

Advertisement

भारतबाट नेपालतर्फ आउँदै गरेको बा ६७ प १२८५ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई चेकजाँच गर्ने क्रममा मुखमा हालेर लुकाई छिपाई ल्याउँदै गरेको उक्त परिमाणको खैरो हेरोईन बरामद गरेको थियो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top