६ साउन, काठमाडौँ ।
चलचित्र ‘रातो गलबन्दी’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकार कोसिस क्षेत्री, केकी अधिकारी र बुद्धि तामाङको प्रेमको उतार चढावलाई देखाइएको छ ।
साउन १७ गते प्रदर्शनमा आउने सो चलचित्र मनिसमा फिल्मस्को ब्यानरमा निर्माण भएको हो । चलचित्रलाई डेब्यु निर्देशक अनिश थापाको निर्देशन गरेका हुन् । चलचित्रमा हिमाल कडरिया र दुर्गा बस्नेत निर्माता रहेका छन् भने विनोद खुम्बुको सङ्गीत र पटकथा तथा संवाद किरण माइकलको रहेको छ । निर्देशक थापाका अनुसार चलचित्रले मनोरञ्जनका साथै सामाजिक सन्देश बोकेको छ ।
गोविन्द राईको कोरियोग्राफी रहेको ‘रातो गलबन्दी’मा केकी अधिकारी, कोसिस क्षेत्री र बुद्धि तामाङका अलावा हेमन्त बुढाथोकी, अर्जुन गुरुङ सम्रान्त थापा लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।









