कर्मचारीमाथि कड्किए मुख्यमन्त्री राई , भ्रष्टाचार गरे १ घन्टाभित्र एक्सन

६ साउन,विराटनगर ।
प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले जनताप्रति प्रतिबद्ध एवम नैतिक मुल्यमान्यताको जगमा उभिएर कामगर्न कार्यालय प्रमुखहरुलाई कडा निर्देशन दिएका छन् । आकस्मिक रुपमा मुख्यमन्त्री कार्यालयमा बोलाइएका कार्यालय प्रमुखहरुलाई निर्देशन दिँदै मुख्यमन्त्री राईले पछिल्लो समय भ्रष्टाचार र कमिशन लिएका घटनाहरु सार्वजनिक भइरहेको बताउंदै त्यस्तो बिषय क्षम्य नहुने चेतावनी दिए ।

उनले प्रदेश मातहतका कार्यालयमा घुुुस लिने र रकम संकलन गर्ने गरेको थुप्रै सुचना आफुसंग रहेको भन्दै त्यस्ता कर्मचारी चाँडै कार्वाहीको दायरामा आउने बताए । वन कार्यालयका प्रमुखलाई घुस सहित अख्तियारले रंगेहात पक्राउ गर्नु प्रदेश सरकारकै लागि दुखको कुरा भएको बताउदै उनले माथि मिलाउनुपर्छ भनेर कसको आडमा कर्मचारीहरुले खुलेआम कार्यालयमा अनियमितता र घुस लिई रहेका छन् त्यो सुचना दिन कार्यालय प्रमुखहरुलाई आग्रह गरे । मुख्यमन्त्री,मन्त्री, प्रमुख सचिव तथा मंत्रालयका सचिव कसको निर्देशनमा कर्मचारीहरुले कमिशन कलेक्सन गरिरहेका छन् उनले भने अब त्यो प्रष्ट पार्नु आवश्यक छ ।

Advertisement

मुख्यमन्त्री राईले अव आफु चुप लागेर नबस्ने बताउंदै कार्यालयमा कमिशन र भ्रष्टाचार गरेको पाइएमा एक घन्टाभित्र एक्सन लिने समेत चेतावनी दिए । उनले मुख्यमन्त्री काममा सुस्त भए भन्ने आरोप लागेको छ अव त्यो आरोप मिथ्या सावित हुने र सरकार अब विकास र समृद्धिको पथमा तिव्र गतिमा अघि बढ्ने बताए । संघियता कार्यान्वयनसंगै राष्ट्रसेवक कर्मचारीमाथि ठूलो जिम्मेवारी आएको भन्दै कुनै लोभ लालच नराखी जनताप्रति प्रतिवद्ध भएर कामगर्न उनले कर्मचारीलाई निर्देशन दिए ।

मुख्यमन्त्री राईले गतवर्षको वजेट ४ महिना अघि कार्यान्वयमा आएकाले असार मसान्त सम्म विकासमा खर्च गर्नु परेको प्रष्ट पारे । उनले विगतका वर्षमा जे भए पनि चालुु आर्थिकवर्षको बजेट कार्यान्वयनका लागि प्रदेश सरकारले एक्सन प्लान वनाएर अघि बढ्ने तयारी गरि रहेको बताए ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top