विश्वकै सर्वाधिक व्यापार गर्ने फिल्म बन्यो ‘एभेन्जर्स: इन्ड गेम’

विश्वकै सर्वाधिक व्यापार गर्ने फिल्म बन्यो ‘एभेन्जर्स: इन्ड गेम’

एजेन्सी, साउन ६
हलिउड फिल्म ‘एभेन्जर्सस् इन्ड गेम’ विश्वकै सर्वाधिक व्यापार गर्ने चलचित्र बन्न सफल भएको छ । चलचित्रले रिलिजको ८६ दिनसम्म आइपुग्दा २,७९०.२ मिलियन अमेरिकी डलर कलेक्सन गर्दै सर्वाधिक व्यापार गर्ने चलचित्र बनेको हो ।

यस अघि बढी व्यापार गर्ने दश वर्ष अघि रिलिज भएको चलचित्र ‘अवतार’ले लाईफटाइम कलेक्सन २,७८९.७ मिलियन डलर गरेको थियो । ‘एभेन्जर्स’ले घरेलु बक्सअफिसमा २३४ दिन टिकेको ‘अवतार’लाई ५ लाख बढी अमेरिकी डलरले पछि पारेको हो ।

एभेन्जर्स निर्माता कम्पनी मार्भल स्टुडियो प्रमुख केभिन फेगले शुक्रवार बेलुका ५ लाख अमेरिकी डलर ग्रससहित एभेन्जर्स स् एन्ड गेमले अवतारको कमाइलाई उछिनेको घोषणा गरेको थियो । अब अवतार दोस्रो स्थानमा पुगेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.