अमेरिका र भारतप्रति नेकपा नरम

काठमाडौं : सत्तारुढ नेकपा अमेरिका र भारतप्रति नरम देखिएको छ। पार्टी एकताका क्रममा निर्वाचन आयोगमा दर्ता गरेको दस्ताबेज १४ महिनापछि संशोधन गर्दै नेकपाले अमेरिका र भारतप्रति नरम नीति लिएको हो।

राजनीतिक दस्ताबेजका दुई ठाउँबाट अमेरिकी शब्द झिकेर अमेरिकालाई हेर्ने दृष्टिकोण नरम बनाइएको छ। दस्ताबेजमा अमेरिकी नीतिका कारण व्यापार युद्ध हुनसक्ने सम्भावना औंल्याइएको थियो।

भारतवको सवालमा पनि नेकपाले अहिले अमूर्त विश्लेषण गरेको छ। दस्ताबेजको पृष्ठ १७ मा छिमेकी शासकहरू भनेर प्रस्ट संकेत गरेको भारतीय व्यवहार झिकेर वैदेशिक प्रतिक्रियावादी शक्ति राखिएको छ। संविधान संशोधनको विषयलाई नेकपाको दस्ताबेजले पहिले स्वीकार गरे पनि अहिले मौन छ।,यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

Scroll to Top