गुल्मीमा पहिरो : मृत्यु हुनेको संख्या १० पुग्यो, दुईजना बेपत्ता

७ साउन ७६, मंगलबार

७ साउन, गुल्मी ।
गुल्मीमा पहिरोमा परेर मृत्यु हुनेको संख्या दश पुगेको छ । अविरल बर्षा सँगै आएको पहिरोले घर बगाउँदा गुल्मीको सत्यवती गाउँपालिकाको वडा ३ ठूलोलुम्पेक र वडा ४ लिम्घामा मृत्यु हुनेको संख्या दश पुगेको हो । दुई जना बेपत्ता छन् । प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलका अनुसार जिल्लाको सत्यवति गाउँपालिकाका २ वटा वडामा पहिरोले घर पुरिँदा १० जनाको मृत्यु भएको हो ।

Advertisement

सत्यवति गाउँपालिकाको लिम्घामा ८ जनाको र ठुलो लुम्पेकमा २ जनाको मृत्यु भएको हो । सत्यवति गाउँपालिका वडा नम्बर ४ को लिम्घामा एकै घरका ८ जनाको मृत्यु भएको हो ।मृत्यु हुनेहरुमा ६५ वर्षिया छल्ली विक, २८ वर्षिया पम्फा विक १२ वर्षिया अंजली बिक, १० वर्षिय हेमन्त बिक, रुपा बिक, सिवानी बिक, निर्मला बिक र हिमान्सु बिक रहेका छन् । सोही परिवारका एक जना वालक मावली घरमा गएकाले जिबितै रहेका छन् ।

त्यस्तै सोहि गाउँपालिका ३ को ठूलोलुम्पेक कसिन डाँडामा पहिरोमा पुरिएर ३२ वर्षिया तिलकुमारी त्रामु, ९ वर्षीय दर्शन त्रामुको मृत्यु भएको हो ।उनिहरु आमा छोरा हुन् । सोहि वडामा रुद्र बिकको घर बगाउँदा ४० वर्षिया मायाँ बिक र १६ वर्षिय गबि बिक बेपत्ता भएका छन् ।पहिरोमा पुरिएर २ जना घाइते भएका छन् । सत्यवति ४ का १० वर्षिय करिश्मा त्रामु र १३ वर्षिय धनि त्रामुको घाइते भएको प्रहरीले जनाएको छ ।

Advertisement

गएरातिदेखि परेको अबिरल वर्षाका कारण घरमाथिबाट पहिरो जाँदा घरमा सुति रहेकाहरुको मृत्यु भएको हो ।उद्धारका लागि जिल्लाबाट प्रहरी नायव उपरिक्षक मिनबहादुर घले, शसस्त्र प्रहरी नायव उपरिक्षक दिनेश रामयमाझी सहितको टोली घटनास्थलल पुगेका छन् ।ठूलो पहिरो भएकाले मृत्यु हुनेहरुको संख्या बृद्धि हुनसक्ने बताइएको छ । पहिरोले लिम्घासमा ४ घर जोखिममा रहेका छन् ।(इमेज खबर)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top