बक्राहा खोला नियन्त्रणमा स्थानीय जुटे

७ असार,मोरंग । 
बक्राहा खोलाको बाढीले बस्ती कटान गर्न थालेपछि जनप्रतिनिधि र स्थानियबासीले श्रमदान गरेर कटान नियन्त्रण गरेका छन् ।

बाढीका कारण हुने कटान नियन्त्रण गर्न उर्लाबारी नगरपालिका–८ को बक्राहा किनारमा ३ सय मिटर बाँसको पाइलिङ निर्माणगरि कटान नियन्त्रण गरिएको छ । असार २८ गते खोलामा आएको बाढीपछि कटानका कारण उर्लाबारी नगरपालिका–८ स्थित बगरटोलका ६ सन्थाल परिवार बिस्थापित भएका छन् । उनीहरुले स्थानिय राजघाटस्थित एक विद्यालयमा शरण लिएका छन् ।

Advertisement

कटान जारी रहँदा उर्लाबारीसहित पथरी तथा रतुवामाईका बस्तीहरु समेत जोखिममा परेको देखेर स्थानिय,जनप्रतिनिधि र प्रहरी टोलीको सहयोगमा बाँसबाट पाइलिङ गरिएको समाजसेवी नारायण बस्नेतले जानकारी दिए । प्रदेश १का सांसद कुलप्रसाद साम्बाको पहलमा बाँसको पाइलिङ निर्माण गरिएपछि अहिले कटान नियन्त्रण भएको स्थानीयले बताएका छन् ।

बर्षौँ अघिबाट कटान र बाढीको समस्या झेल्दै आएका उर्लाबारी बगरटोलका बासिन्दाले स्थायी तटबन्ध निर्माण गर्न माग गर्दै आएपनि अहिलेसम्म पुरा हुन सकेको छैन । बक्राहा खोलाको कटान नियन्त्रण गर्न स्थायी तटबन्ध निर्माण गर्ने पहल भइरहेको सांसद साम्बाले बताए । २०७४ सालमा आएको बाढीका कारण उर्लाबारी ८ को क्षेत्रबाट १४ सन्थाल परिवार समेत विस्थापित भएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top