बाढी र डुबानले पशु आहारा जुटाउन सकस

७ साउन ७६, बुधबार

८ साउन, महोत्तरी ।

महोत्तरी जिल्लाका पशुपालक किसान घरपालुवा वस्तुभाउको आहारा जोहो गर्न नसक्दा पिरोलिएका छन् । असार अन्तिम साताको बाढी र डुबानले चरण क्षेत्र पुरिनाका साथै घाँस लगाएको ठाउँमा डुबानको हिलो वा लेदोले छोपेपछि गाईवस्तुकोे आहारा जुटाउन नसकेर उनीहरू बिलखबन्दमा परेका हुन् । साउन लागेपछि दुई/तीन दिन पानी थामिए पनि गत शनिबारयता लगातार झरी परिरहेकाले तिनको आहारा जुटाउन झन् सकस परेको हो ।

‘गोठमा गाई/भैँसी ड्वाँ–ड्वाँ कराइरहेका छन्, फुकाएर कतै चराउन लाने ठाउँ छैन’, भङ्गाहा नगरपालिका–६ हतिसर्वा मजराका पशुपालक किसान सीताराम सरदारले विरक्तिँदै भने, ‘रातु नदीको तटीय चरन क्षेत्र बालुवाले पुरेको छ, धेरैजसो सार्वजनिक पर्ति र ऐलानी चौर अतिक्रमित भएका छन्, अब वस्तु पाल्न नसकिने भइयो हजुर’ रातु नदीका पुराना भँगाला क्षेत्र तटबन्धले बाढी नआउने बनाएपछि भूमाफियाहरुले खाली जग्गा कब्जा गरकाले चरन क्षेत्र मासिएको सरदारको भनाइ छ ।

Advertisement

बाढी र डुबानले बस्ती तहसनहस बनाएपछि अहिले पशुपालन व्यवसाय निकै कठिन भएको पीडित किसानले बताएका छन् । ‘घरमा १० वटा भैँसी छन्’, भङ्गाहा–४ की पशुपालक किसान हिरादेवी दाहालले भने, ‘पछिल्लो १५ दिनदेखि पराल र पानीका भरमा छन्, डुलाउने र घाँस काटेर ल्याउने ठाउँ पुरिएपछि ज्यादै अप्ठ्यारो परेको छ ।’ बाढी, डुबान र यता केही दिनदेखिको झरीले हरियोपरियो खान नपाएपछि दुधालु वस्तुको दूध स्वात्तै घटेको दाहालको गुनासो थियो ।

जिल्लामा पशुपालन व्यवसायमा बर्दिवास नगरपालिका–७ मनहरीपुर, वडा नं ९ को पशुपतिनगर तथा १२ र १३ को बिजलपुरा उम्दा ठाउँ मानिन्छन् । त्यसैगरी भङ्गाहा, लोहारपट्टी, औरही र गौशाला नगरपालिका क्षेत्रमा पहिलेदेखि नै पशुपालन व्यवसाय राम्रो देखिँदै आएको थियो । यी क्षेत्र खुला नदी तटमा प्रशस्त चरन क्षेत्र हुँदा किसानले गोठमा टन्न गाई/भैँसी पाल्दै आएका थिए । तर पछिल्लो दिनमा चरन क्षेत्र अतिक्रमित भएका र केही बाँकी क्षेत्र बाढीले पुरेपछि किसानको पिरोलो बढेको औरही नगरपालिका भोइल सोनामाइका किसान मोहन महतोले बताए ।

Advertisement

आफ्ना स्थानीय तहका प्रतिनिधिले पशुपालन व्यवसायलाई सघाउन कुनै कार्यक्रम नल्याएको पनि पशुपालक किसानको गुनासो छ । ‘सबैको जीवन त कृषि नै हो तर हाम्रा स्थानीय तहका प्रतिनिधिले हामीलाई ल राम्ररी वस्तु पाल्नुहोस्, हामी हेर्न आउँछौं पनि भन्दैनन्’, गौशाला नगरपालिका बेलगाछी ढल्केवरकी किसान मनमायाँ ल्हायोले भने, ‘स्थानीय तहले पशुपालन व्यवसायलाई सहयोग पुग्ने कार्यक्रम ल्याइदिए किसानलाई राहत हुने थियो ।’

जिल्लामा रहेका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहमध्ये यसपालि औरही नगरपालिकाले भने पशुपालक किसानलाई उत्साहित बनाउन आफ्नै घरपालुवा दुधालु वस्तुबाट कम से कम आठ लिटर दूध उत्पादन गर्नेलाइ वार्षिक २५ हजार पुरस्कार दिने निर्णय गरेको छ । यो र यस्तै पशुपालक किसानलाई प्रोत्साहित गर्ने कार्यक्रम अरू स्थानीय तहले गर्नुपर्ने किसान आन्दोलनमा सरिक रहँदै आउनुभएका महोत्तरी भङ्गाहा–४ का किसान मुकुन्द दाहालको सुझाव छ ।

पशुपालक किसान आहारा जुटाउन नसकेर पिरोलिएका बेला पशु स्वास्थ्य विज्ञले भने घरमा आफ्नै प्रयत्नले पोषिलो पशु आहारा बनाउन किसानलाइ सुझाएका छन् । अहिले बाढी, डुबान र झरीले पशु आहार जुटाउन अप्ठ्यारो परेका बेला धेरै पटक पानीमा पीठो तताएर घरपालुवा पशु वस्तुलाई दिइरहन र घर वरपर नै राखिएको पराल टुक्र्याएर गहुँको भुस्सामा मिसाएर खान दिए तत्कालको अभाव टार्न सकिने पशु स्वास्थ्य र हेरचाहबारे अभिरुचि राख्दै यस क्षेत्रमा स्वयंसेवा गर्दै आएका सामाजिक अभियन्ता बर्दिवास–२ का महेशकुमार झाले बताए ।

पशुपालक किसानले शीतलहर र लगातार वर्षा हुने यामका लागि घर वरपर नै पोषिलो घाँस लगाउने गरे केही दिनको प्रतिकूल मौसममा पशुवस्तुलाई आहारा जुटाउन गाह्रो नहुने पशु स्वास्थ्यबारे चासो राख्ने अर्का सामाजिक अभियन्ता भङ्गाहा–४ प्रेमनगरका जवाहर महतोले बताए ।

–गोपालप्रसाद बराल/रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top