इरानका विदेशमन्त्री जारिफमाथि अमेरिकाद्वारा आर्थिक प्रतिबन्ध

१६ साउन ७६, बिहीबार
Share this
804shares

साउन १६, एजेन्सी । अमेरिकाले इरानका विदेशमन्त्री मोहम्मद जावेद जारिफमाथि प्रतिबन्ध लगाएको छ ।

Advertisement

अमेरिकाको डिपार्टमेन्ट अफ द ट्रेजरीले जाफरीमाथि प्रतिबन्ध लगाएको हो । यो प्रतिबन्धपछि विदेशमन्त्री जाफरीको अमेरिकामा रहेको या अमेरिकी संस्थाको नियन्त्रणमा रहेको सबै सम्पत्ति रोक्का हुनेछ ।

अमेरिकी राज्यकोष मन्त्री स्टिभन मनुचिनलले जाफरीले इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीका गलत नीतिहरु कार्यान्वयन गरेकाले प्रतिबन्ध लगाएको बताएका छन् ।

Advertisement

अमेरिकी प्रतिबन्धपछि एक टीव्ट गर्दै विदेशमन्त्री जाफरीले आफ्नो नीतिलाई अमेरिकाले खतरा ठानेको जिकिर गरेका छन् । उनले प्रतिबन्धका लागि अमेरिकालाई धन्यवाद दिएका छन् । आफ्ना एजेन्डा उसले खतरा ठान्नु आफूहरुको सफलता रहेको पनि विदेशमन्त्री जाफरीले उल्लेख गरेका छन् ।

इरान र अमेरिकाबिच पछिल्लो समय तनाव चुलिँदै गएको छ । गतबर्ष अमेरिकाले सन् २०१५ मा भएको परमाणु सम्झौताबाट बाहिरिएसँगै विवाद बढेको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top