प्रदेश १ सरकारले ३ आयुर्वेद केन्द्र र वैद्यखाना संचालन गर्ने

१७ साउन ७६, शनिबार

साउन १८, विराटनगर । प्रदेश १ सरकारले प्रदेशमा ३ वटा आयुर्वेद केन्द्र र प्रदेशमा भएका सबै जडीबुटीको सुचीकरण गर्दे वैद्यखाना संचालन गर्ने तयारी गरेको छ ।

नेपाल आयुर्वेद औषधि व्यवसायी संघ मोरङको अधिवेशन उद्घाटन सत्रमा प्रदेश १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले यस्तो जानकारी दिएका हुन ।

Advertisement

आयुर्वेद चिकित्सा पद्धति संकटमा परेको बताउदै मन्त्री घिमिरेले प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य जिवन अभियान संचालन गर्ने अभियानमा जुटेको पनि बताए ।

जिल्ला आयुर्वेद अस्पतालका लागि प्रदेश सरकारले आवश्यक नीति नियम बनाएर अगाडि बढेको उनले जानकारी दिए । विगतमा राज्यले नै आयुर्वेदिक उपचार पद्धतिलाई वैकल्पिक पद्धतिमा राखेका कारण यो पछाडि परेको उनले बताए ।

Advertisement

आयुर्वेद मुल प्रवाहीकरण रहेको बताउदै मन्त्री घिमिरेले अब प्रदेश सरकारले आयुर्वेदलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए । अधिवेशनको उद्घाटन सत्रमा सहभागिहरुले आयुर्वेद चिकित्सा पद्धति संकटमा परेको बताएका थिए ।

कार्यक्रममा बोल्दै नेपाल आयुर्वेद औषधि व्यवसायी संघ प्रदेशका सचिव जिपी तिवारीले आयुर्वेद चिकित्सा पद्धति छायामा परेको गुनासो गरे ।उनले यसका लागि सरकारी निकायले प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए ।

यस्तै नेपाल आयुर्वेद औषधि व्यवसायी संघ मोरङका सदस्य गंगा साहले आयुर्वेद चिकित्सा पद्धतिलाई सरकारले प्राथमिकतामा राख्नु पर्नेमा जोड दिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

सम्बन्धित समाचार

Scroll to Top