अमेरिकाको टेक्ससमा अन्धाधुन्ध गोली प्रहार, २० जनाको मृत्यु

साउन १९, एजेन्सी । अमेरिकाको टेक्ससमा एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा २० जनाको मृत्यु भएको छ ।

एल पासो शहरको सिएलोभिस्टा मल नजिकै रहेको वालमार्ट स्टोरमा गरिएको आक्रमणमा अन्य २६ जना घाइते भएका छन् ।यो क्षेत्र अमेरिका–मेक्सिको सीमा क्षेत्रको नजिकै पर्छ ।

अन्धाधुन्ध गोली प्रहारपछि भागदौड मच्चिएको थियो ।घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

Advertisement

गोली चलाएको आरोपमा २१ वर्षीय प्याट्रिकम क्रुसियसलाई पक्राउ गरिएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।उनी डालास क्षेत्रका बासिन्दा रहेको बताइएको छ ।

आरोपितलाई पक्राउ गर्न प्रहरीले गोली नचलाएको स्थानीय प्रहरी प्रवक्ता रोबर्ट गोमेजले जानकारी दिए ।

Advertisement

टेक्सासका गभर्नर ग्रेग एबोटले राज्यको इतिहासमा यो घटना अहिलेसम्मकै भयानक मध्ये रहेको बताए ।उनले राज्यको सुरक्षा व्यवस्था हाल कडा पारिएको बताए ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटना निकै दुःखद भएको बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

सम्बन्धित समाचार

Scroll to Top