गल्ती गरे भन्दै कृषि मन्त्री खनालले मागे माफी

१९ साउन ७६, आइतबार

साउन १९, काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले विषादी परीक्षणबारे भारतीय दुतावासले पठाएको पत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई समयमा नदिएर गल्ती गरिएको स्वीकार गरेका छन ।

Advertisement

मन्त्री खनालले प्रधानमन्त्री ओलीले जेष्ठ २१ गते सो विषयमा बोल्नु भएको तर आफूले त्यसको दूई दिन पछि मात्रै भारतीय दुतावासको पत्र दिनु गल्ती भएको स्वीकार गरे ।

आइतबार संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले प्रधानमन्त्री ओलीले बोल्नु अघि नै सो पत्र नदिएर आफूले नेतृत्व लिएको मन्त्रालयले गल्ती गरेको बताए ।

Advertisement

प्रधानमन्त्री ओलीले सो सम्बन्धमा भारतबाट कुनै दवाव नआएको सार्वजनिक अभिव्यक्ति दिएका थिए । मन्त्री खनालले भारतबाट आयातित विषाद परीक्षण तत्कालका लागि रोक्ने निर्णयमा भने आफ्नो मन्त्रालयको कुनै हात नरहेको पटक–पटक दोहो¥याए ।

यो विषय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित भएकाले विषादी परीक्षण सम्बन्धि निर्णयमा आफ्नो मन्त्रालयको कुनै हात नरहेको उनको स्पष्टिकरण थियो । मन्त्री खनालले आयातित तरकारीमा विषादि परीक्षणको काम जारी रहेको त्यसलाई रोक्ने पक्षमा सरकार नरहेको पनि स्पष्ट पारे ।

Advertisement

बैठकमा समितिका सदस्यहरुले सो प्रकरणमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपंक्षी मन्त्रालयबीच लज्जास्पद ढंगले विवाद भएको उल्लेख गर्दै त्यसको यथार्थ विवरण समितिमा जानकारी गराउन मन्त्री खनालको ध्यानाकर्षण गराएका थिए ।

समितिका सदस्यहरुले सरकारले विषादी परीक्षणको कामलाई गम्भिरतापूर्वक नलिएको भन्दै आक्रोश पनि व्यक्त गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top