साउन २०,कटहरी । साउने सोमबारको अवसरमा मोरङको कटहरी गांउपालिकामा कलश यात्रा निकालिएको छ ।
कटहरी गांउपालिका १ सिंघीयापुर टोलस्थित निर्माणाधिन सिद्धेश्वर नाथ महादेव मन्दिर परिसरबाट कलश यात्रा निकालिएको हो ।
कलशयात्राले कटहरी गांउपालिकाका विभिन्न टोलहरुका साथै विराटनगर महानगरपालिकाका विभिन्न वडाहरुको परिक्रमा गरेको छ ।
कलशयात्राका सहभागि श्रद्धालुले कटहरीको महेशपुरबाट विराटनगरको तीनपैनी,जिल्ला प्रशासन चोक,बिजुली अफिस,बरगाछीबाट पानीटंकी हुंदै फेरी मन्दिर परिसरमा समापन भएको थियो ।
साउन महिनाको सोमबारको धार्मिक महत्वलाई प्रर्बद्धनगर्न कलशयात्रा गरिएको आयोजक मन्दिर निर्माण समितिका अध्यक्ष विरेन्द्र कामतले बताए ।
उनंले निर्माणाधिन सिद्धेश्वर नाथ महादेव मन्दिरको बिषयमा विराटनगरका श्रद्धालुलाई जानकारी गराउन समेत कलशयात्रा आयोजना गरिएको जानकारी दिए ।
कटहरी–१ को महेशपुरस्थित सिंघीयापुर टोलका स्थानियले सो ठांउमा रहेको ५ कट्ठा बढी क्षेत्रफलमा जनसहयोगबाट सिद्धेश्वर नाथ महादेव मन्दिरको निर्माण कार्य अघि बढाएका छन ।