बजेट कार्यान्वयनमा बहाना देखाउने छुट कसैलाई पनि छैन : मुख्यमन्त्री राई

२२ साउन, विराटनगर ।
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आगामी जेठ–१५ गतेभित्र चालु आर्थिक वर्षको प्रदेशमा संचालित सबै योजनाका काम सम्पन्न हुने बताएका छन् । भौतिक पुर्वाधार तथा विकास मन्त्रालयको समिक्षा गोष्ठिको समापन समारोहलाई आज विराटनगरमा सम्वोधन गर्दै उनले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा कुनैपनि बहाना र समस्या देखाउने छुट कसैलाई नभएको बताए ।

Advertisement

उनले बजेट कार्यान्वयन र आयोजना निर्माणका काम समयमा सम्पन्न गर्न प्रदेश सरकारले आफ्नै नयाँ क्यालेन्डर नयाँ कार्यतालिका बनाएर काम अघि वढाउने बताए । बजेट कार्यान्वयन गर्न प्रदेश सरकारले एक्सन प्लान वनाएर काम अघि वढाउने भन्दै अब जनताले देखिनेगरी काम हुने उनले बताए ।

Advertisement

मुख्यमन्त्री राईले विगतमा केहि समस्या भएहोला त्यसका कारणपनि प्रदेश सरकारले चाहे जस्तो काम गर्न सकेन भन्दै माग अनुसार बजेट विनियोजित गर्न प्रदेश सरकार तयार रहेकाले कर्मचारीहरुले पनि त्यहि अनुरुप काम गर्नुपर्नेमा जोड दिए । भ्रष्टाचार र अनियमितता कुनैपनि हालतमा मान्य नहुने भन्दै कुनैपनि कर्मचारीले भ्रष्ट्राचार गरेको पाइएमा त्यस्ता कर्मचारी तत्काल कार्बाहीमा पर्ने उनले बताए ।

कार्यक्रममा बोल्दै प्रदेश नम्बर १ का प्रमुख सचिव सुरेश अधिकारीले समृद्ध नेपाल र सुखि नेपालीको सपना पुरागर्ने गरी राष्ट्रसेवकहरुले सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top