६ भदौ, एजेन्सी ।
फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनलाई अब नयाँ ब्रेक्जिट सम्झौताका लागि समय नभएको बताएका छन् ।
उनले बिहीबार अब एक महिना पनि बाँकी नरहेकोले नयाँ ब्रेक्जिट डिल फिर्ता गर्ने सहमतिका लागि समय नभएको बताएका हुन् । यसअघि बुधबार जर्मन चान्सलर एन्जेला मर्केलले आइरिस बोर्डर ुब्याकस्टपु का लागि ३० दिनभित्र विकल्पसहित आउनुपर्ने बताएकी थिइन् ।
उक्त चुनौतीलाई प्रधानमन्त्री जोनसले स्वीकार गर्ने बताएका थिए ।
म्याक्रोनले सञ्चारकर्मीसँग कुरा गर्दै भने, मर्केलले बुधबार ३० दिनमा हामीले ठोस निर्णयसहित प्रस्तुत हुनुपर्छ भन्नुभएको थियो । उनले कुनै राम्रो समाधान नहुँदासम्म अक्टोबर ३१ सम्म कोही पनि प्रतिक्षा गर्न सक्दैन ।
ब्रिटेनका प्रधानमन्त्री जोनसनले भने, हामी पूर्ण उर्जा र सिर्जनशील भएर आगामी निकास निकाल्नेछौं । ब्रेक्जिट सम्झौताका विषयमा ब्रिटेनका नवनिर्वाचित प्रधानमन्त्री बोरिस जोनसनले युरोपियन युनियनका अन्य सदस्य राष्ट्रहरुसँग छलफल थालेका छन् ।
यसैक्रममा बुधबार उनले जर्मन चान्सलर मर्केललाई भेट गरेका थिए भने बिहीबार फ्रान्सका राष्ट्रपति म्याक्रोनसँग भेट गरेका हुन् ।