विधान संशोधन गरेर चुनाव गर्न आईसीसीको नेपाललाई पदने अल्टिमेटम

२६ माघ ७४, शनिबार

काठमाडौं, माघ २७
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले विधान संशोधन गरेर चुनाव गर्न नेपाल क्रिकेट संघलाई ५० दिनको समय दिएको छ ।

Advertisement

हालै नेपाल आएको आईसीसीको टोलीले विधानमा देखिएको विवादबारे जानकारी लिएको थियो । लगत्तै राखेप, निर्वाचित क्यान र सल्लाहकार समूहका संयोजकले संयुक्त पत्रकार सम्मेलन गरेर क्रिकेट विवाद समाधानको मिलन बिन्दु पत्ता लगाएको घोषणा गरे ।

आईसीसीको बोर्ड बैठकले नेपाललाई विधान संशोधन गर्न मार्चसम्मको समय दिएको छ । अब निर्वाचित क्यानले तत्काल साधारणसभा बोलाएर सल्लाहकार समूहमा भएको सहमतिअनुसार क्रिकेट संघको विधान संशोधन गर्नु पर्नेछ ।

Advertisement

सल्लाहकार समूहले बनाएको विधानमा संशोधन गरेको भन्दै आईसीसीले अस्वीकार गरेको थियो । अब विधान संशोधन गर्दा चुनावी साधारणसभामा राखेपबाट ७ जना जाने र निर्वाचित क्यानका १७ जना स्वतः सहभागी हुने व्यवस्था हटाइनेछ ।

आईसीसीले विधान संशोधन भएर मार्च अन्तिमसम्ममा जिल्ला, प्रान्त र केन्द्रको चुनाव भइसक्ने अपेक्षा गरिएको बताएको छ । अहिले ललितपुर र भक्तपुर बाहेक सबै जिल्लाको चुनाव भइसकेको छ । तर, केही जिल्लामा विवाद भए अनुगमन समितिले हेरेर फेरि चुनाव गर्ने सहमति भएको छ ।

Advertisement

आईसीसीले भनेको छ– जुनमा हुने आईसीसीको साधारणसभामा नेपालको सदस्यताबारे निर्णय गर्नका लागि यो प्रक्रिया मार्च अन्त्यसम्ममा पूरा हुने अपेक्षा गरेका छौं ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top