१० भदौ, काठमाडौं ।
काम गर्न असहयोग भएको भन्दै नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहको राजीनामा अस्वीकृत भएको छ । साहले केही दिनअघि अध्यक्ष प्रचण्डसमक्ष बुझाएको राजीनामा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अस्वीकृत गरेको हो ।
साहको राजीनामामाथि छलफल गर्दै नेकपाको सचिवालय बैठकले उनलाई काममा फर्किन निर्देशन दिएको महासचिव विष्णु पौडेलले जानकारी दिए । साहले उठाएका विषयमा पार्टीको ध्यानाकर्षण भएको र उपयुक्त विधिबाट समाधान गरिने महासचिव पौडेलको बताए।
साहले रौतहटमा वरिष्ठ नेता माधवकुमार नेपालकै कारण पार्टी एकीकरणको काम हुन नसकेको आरोपसमेत लगाएका थिए ।