प्रदेश र स्थानीय सरकारले अझै केन्द्रको मुख ताक्न छोडेका छैनन्

प्रदेश र स्थानीय सरकारले अझै केन्द्रको मुख ताक्न छोडेका छैनन्

१० भदौ, नवलपरासी ।
प्रदेश र स्थानीय सरकारलाई स्रोत परिचालनको अधिकार दिएपनि केन्द्रकै मुख ताक्ने प्रवृत्ति नहटेको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताएका छन् ।

मंगलबार पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा आयोजित एक कार्यक्रममा उनले प्रदेश र स्थानीय सरकार आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको आरोप समेत लगाएका छन् ।

तिमिल्सिनाले आफूले पाएको अधिकार उपयोग नगरी केन्द्रलाई दोष दिनु संघीयताको मर्मविपरीत भएको बताए । उनले संविधान बनेपछि जनताले सबै अधिकार पाएपनि विभेदबाट भने मुक्त हुन नसकेको उल्लेख गरे ।

राजनीतिक झन्डा ओढेर भ्रष्टाचार गर्ने दिन गएकाले भ्रष्टाचारी जोकोही भएपनि उन्मुक्ति नपाउने पनि उनले जिकिर गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.