मार्क्सवादको खरानी घसेर जातीय राज्य बनाउँछु भन्ने विखण्डनकारी हुन्ः भीम रावल

मार्क्सवादको खरानी घसेर जातीय राज्य बनाउँछु भन्ने विखण्डनकारी हुन्ः भीम रावल

११ भदौ, कैलाली ।
नेकपा स्थायी कमिटी सदस्य भीम रावलले सुदूरपश्चिममा फेरि टीकापुर घटनाको पुनरावृत्ति गर्न खोजिएको आशंका गरेका छन् ।

कैलालीको सदरमुकाम धनगढीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा रावलले डा. बाबुराम भट्टराईले टीकापुरमै आएर फेरि जातीय राज्य निर्माणका लागि आन्दोलन चर्काउन लगाउनु विखण्डनकारी काम भएको आरोप लगाए ।

धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै नेता रावलले भट्टराईमाथि मार्क्सवादलाई पोलेर त्यसको खरानी घसेर जातीय राज्य बनाउन लागेको आरोप लगाए ।
संविधान निर्माणको समयदेखि नै तराई र पहाड मिल्न नदिने षडयन्त्रका साथ भट्टराईजस्ता नेताहरुकै कारण थारु समुदायका व्यक्तिहरुले जेल परेर दुःख पाएको उनले बताए ।

रावलले प्रधानमन्त्रीले विदेशबाट भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक बोलाउनु सुरक्षा र कानूनका दृष्टिले गलत भएको टिप्पणीसमेत गरे ।

उनले प्रधानमन्त्री आफैँले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएर गए पनि विदेशबाट आफैं मन्त्रिपरिषद बैठक बोलाउनु जरुरी नभएको र यो काम आफैंमा विवादास्पद भएको बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.