सागका लागि नेपाली क्रिकेट टोलीको प्रारम्भिक सूची सार्वजनिक

१२ भदौ ७६, बिहीबार
Share this
698shares

१२ भदौ, काठमाण्डौ । १३ औं दक्षिण एसियाली खेलकुद (साग)का लागि नेपाली क्रिकेट टिमको प्रारम्भिक सूची सार्वजनिक गरिएको छ ।

Advertisement

मंसिरमा आयोजना हुने सागका लागि पहिलो चरणको प्रशिक्षणमा ३५ जना खेलाडीलाई बोलाइएको छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले खेलाडी छनोट गरेका हुन् । ३५ जना खेलाडीमा कप्तान खड्कासहित ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, राजु रिजाल, जितेन्द्रकुमार मुखिया, प्रदीप ऐरी, सुनिल धमला, सौरभ खनाल, ललितनारायण राजवंशी, विक्रम सोब, इशान पाण्डे, करण केसी रहेका छन् ।

Advertisement

यस्तै, मोहम्मद आशिफ शेख, विनोद भण्डारी, सन्दीप जोरा, कुशल मल्ल, रित गौतम, पवन शर्राफ, अमित श्रेष्ठ, किशोर महतो, मोहम्मद आरिफ शेख, सुशन भारी, अनिल कुमार साह, अभिनास बोहरा, सन्दीप लामिछाने, नन्दन यादव, रोहितकुमार पौडेल, भीम सार्की, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, सागर ढकाल र सहाब आलम रहेका छन् ।

नेपाली टिमले साग लक्षित प्रशिक्षण सेप्टेम्बर १ तारिखदेखि सुरु गर्नेछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top