राष्ट्रियसभामा उठे पशु चौपायादेखि भिडियो कन्फ्रेन्सका कुरा

११ भदौ ७६, बिहीबार

१२ भदौ, काठमाडौं ।

राष्ट्रियसभाका सदस्यहरुले समसामयिक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको विहिबारको बैठकको विशेष समयमा बोल्दै सांसद शेरबहादुर कुँवर अछाम जिल्लामा चट्याङबाट ४ जनाको मृत्यु भएको र अन्य केही स्थानीय घाईते भएको पशु चौपायाको पनि क्षति भएको र स्थानीयहरु आतंकित बनेको भन्दै आतंकबाट जोगाउनका लागि सम्बन्धित क्षेत्रबाट पहल गर्न आग्रह गरे ।

Advertisement

राधेश्याम अधिकारीले भिडियो कन्फ्रेन्सबाट मन्त्रीपरिषद् बैठक गर्दा गोपनियताको सम्बन्धमा कानुनको ठूलो त्रुटी भएको भन्दै यस्तो गल्ती नदोहोर्याउन सरकारको ध्यानाकर्षण गराए ।

कार्यवहाकको जिम्मेवारी दिइसकेर पनि प्रधानमन्त्री आफैले सिंगापुरबाट मन्त्रीपरिषद् बैठक सञ्चालन गरेकाले कार्यवहाक प्रधानमन्त्री रहेको वा नरहेको भन्ने पनि प्रश्न उठेको भन्दै उनले सरकारबाट त्रुटीपूर्ण काम भएको बताए ।

Advertisement

उनले पछिल्लो समय दलितहरुलाई दुव्र्यवहार गरिएका घटनाहरु आईरहेको भन्दै कानुन कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराए । सांसद वृषेशचन्द्र लाल भूमि सुधार मन्त्रीले भूमि व्यवस्थापन सम्बन्धमा संविधानमा गरिएको व्यवस्था भन्दा भिन्न रुपमा आफ्नो अभिव्यक्ति दिएको भन्दै त्यसबारे थप स्पष्ट पार्न विभागिय मन्त्रीको ध्यानाकर्षण गराए ।

संविधानले भूमिको व्यवस्थापन गर्ने अधिकार प्रदेश व्यवस्थापिकालाई दिएको तर भूमिसुधार मन्त्रीले संघीय सरकारलाई दिएको भनी भनेको भन्दै उनले त्यसबार सदनलाई स्पष्ट पार्न विभागिय मन्त्रीको ध्यानाकर्षण गराए ।

भूमि सम्बन्धी आठौ संशोधन विधेयकका बारेमा सैद्धान्तिक छलफल हुँदा संघीय संसदको व्यवस्थापकिय अधिकार संविधानको धारा १ सय ९ अन्तर्गत ५ , ७ र ९ अनुसुचीमा मात्रै पर्दछ भनेर आफुले धारणा राखेको स्मरण गराउदै उनले संविधानले गरेको व्यवस्था विपरित सरकार गएको भन्दै आपत्ति जनाए ।

अनुसुची ५ को २९ र अनुसुची ७ को २४ ले संघीय सरकारलाई भु उपयोग निती र भूमि निती सम्बन्धी कानूनी व्यवस्था गर्न मात्रै कानुनी अधिकार छ भनेको र अनुसुची ६ अनुसार भूमि व्यवस्थापन सम्बन्धी राज्यशक्तिको बाँडफाँड गर्दा संविधानले प्रदेशले लाई दिएकाले प्रदेश व्यवस्थापिकालाई मात्रै भुमि सम्बन्धी कानुन बनाउने अधिकार रहेको दाबी उनले गरे ।

विभागिय मन्त्रीले एउटा धारा र एउटा अनुसुची पढेर मात्रै संविधानलाई बुझ्न नसकिने भन्दै अन्य धारामा बाध्यकारी व्यवस्था छ भनेर संसदलाई छल्ने काम गरेको टिप्पणी उनले गरे । सांसद अनिता देवकोटाले कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी दिएर पनि प्रधानमन्त्रीले सिंगापुरबाटै भिडियो कन्फ्रेन्सबाट मन्त्रीपरिषद् बैठक गरेर सरकारले शक्ति र पदको दुरुपयोग गरेको टिप्पणी गरिन ।

उनले सत्तासिन पार्टीका कार्यकर्ताले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलमाथि बुधबार कार्यस्थलमै गएर हातपात गर्ने काम गरेको भन्दै घटनाप्रति घोर भत्र्सना गर्दै खेद प्रकट गरे । सांसद रामनारायण विडारीले सिप नभएका विरोधीहरु इख नभएको सरकारका कारणले यो देश विग्रेर जाने हो कि भन्ने चिन्ता लाग्न थालेको बताए ।

उनले उल्टो राजनीति गर्ने, व्यवस्थाकै प्रतिपक्षी बन्ने, सत्तामात्रैको विपक्षी, समग्र संविधानका विरोधी र आंशिक संविधानका विरोधीहरुले वर्तमान सरकार मार्फत गणतन्त्र र संघीयताको विरुद्धमा प्रहार गर्दे आएको टिप्पणी गरे ।

भिडियो कन्फ्रेन्स मार्फत मन्त्रीपरिषद् बैठक गर्दा नविनतम प्रविधिप्रति गर्व गर्नुपर्नेमा सडकदेखि सदनसम्म विरोध गर्ने कम भएको भन्दै उनले गोपनियताको भुतको छायाबाट किन तर्सेको भनी प्रश्न गरे ।

बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा पार्वतीले समितिको बार्षिक प्रतिवदेन पेश गरेकी छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

सम्बन्धित समाचार

Scroll to Top