नेपालद्वारा भुटान पराजित, फाइनलमा नेपालले भारतसंग खेल्ने

भदौ १२, भारत । साफ यू–१५ च्याम्पियनशिपमा नेपाल फाइनल प्रवेश गरेको छ । उपाधिका लागि नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

भारतको कल्याणी रंगशालामा भुटानविरुद्ध ५–० को जित निकाल्दै नेपाल फाइनल प्रवेश गरेको हो । तालिकामा ९ अंक जोडेको भारत शीर्ष स्थानमा छ भने ’हेड टु हेड’ का आधारमा नेपाल दोस्रो स्थानमा छ ।

यसैगरी बिहीबार दिउँसो नै भारत र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् । नेपाल बंगलादेशविरुद्ध ’हेड टु हेड’ का आधारमा अघि रहेकाले भारतलाई पराजित गरेमा पनि नेपाललाई असर गर्ने छैन ।

नेपालले भुटानलाई सुरुदेखि नै दबावमा राखेको थियो । पहिलो हाफमा २ गोल गरेको नेपालले दोस्रो हाफमा थप ३ गोल गरेको थियो । नेपालको जितमा प्रदीप लम्सालले २ तथा निराजन खत्री, कृष सापकोटा र असिम राईले समान एक एक गोल गरे ।

पहिलो हाफको पाँचौं मिनेटमा प्रदीप लम्सालले पेनाल्टीमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । यसैगरी नवौं मिनेटमा निराजन खत्रीले गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसपछि पहिलो हाफमा नेपालले गोल थप्न सकेन । दोस्रो हाफमा पनि नेपालले उत्कृष्ट खेल खेलेको थियो ।

४८ औं मिनेटमा प्रदीप लम्सालले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेका थिए । ७५ औं मिनेटमा असिम राईले गोल गर्दै नेपाललाई फराकिलो जित तर्फ लगे । ८५ औं मिनेटमा कृष सापकोटाले गोल गर्दै नेपाललाई ५–० को जित दिलाउन सफल भए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top