×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

जेलबाटै ‘डन’हरूको धम्की र असुली धन्दा

१४ भाद्र २०७६

१४ भदौ, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचनको गोली हानी हत्या गर्ने समूहका नाइके समीरमानसिंह बस्नेतले जेलबाटै धम्की र असुलीको धन्दा चलाएका छन् ।

सहयोगीहरू परिचालन गरी निर्माण व्यवसायीलाई नै धम्क्याएर उनले पैसा असुली गर्दै आएको खुलेपछि प्रहरीले अनुसन्धान थालेको छ ।

Advertisement
Advertisement

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बस्नेतका दुई सहयोगीलाई पक्राउ गरिसकेको छ । फोन गरेर धम्क्याउने धन्दामा संलग्न पवन खड्का र सुरेन नगरकोटीलाई पक्राउ गरेको हो । उनीहरूले समीरकै निर्देशनमा आफूहरूले व्यवसायीहरूलाई धम्क्याएको स्विकारेका छन् ।

दुवैविरुद्ध ठगी, मुलुकी अपराध संहिताअन्तर्गतको आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा मुद्दा दायर गर्न लागिएको छ । बस्नेतविरुद्ध समेत सो मुद्दा चल्ने ब्युरोका एक अधिकारीले बताए ।

स्रोतका अनुसार सिआइबीले बस्नेतसँग समेत बयान लिइसकेको छ । जेलबाट झिकाएरै बयान लिएको हो । हालसम्मको अनुसन्धानमा बस्नेतले नै निर्माण व्यवसायीको सूची दिएर धम्क्याउन निर्देशन दिएको खुलेको छ ।

खड्का र नगरकोटीले इन्टरनेट कलमार्फत फोन गरी पैसा माग्ने र नदिए शरद गौचनकै हालत हुने भन्दै तर्साउने गरेका थिए । धम्क्याउन प्रयोग गरिएको सिमकार्ड समेत खड्काको साथबाट ब्युरोले बरामद गरेको छ ।

बस्नेत हाल सुन्धारास्थित भद्र जेलमा छन् । जेलकै फोन प्रयोग गरी उनले धम्की र असुलीको निर्देशन दिएको प्रहरी स्रोत बताउँछ । कतिपय निर्माण व्यवसायीसँग उनीहरूले पैसासमेत लिएका थिए ।

सो समूहको धम्कीबाट आजित भएपछि केही महिनाअघि व्यवसायीहरू सुरक्षा माग्दै प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पनि पुगेका थिए । गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई समेत निवेदन दिएका थिए ।

अनुसन्धानका क्रममा बस्नेत, केन्द्रीय कारागारमा रहेका अर्का गुन्डा नाइके रमेश बाहुन (सुजन पौडेल) तथा जुम्ला कारागारमा रहेका रिगल ढकालबीच नियमित सम्पर्क देखिएको छ । ढकालले कारागारबाट प्रहरीकै मोबाइल प्रयोग गरी विभिन्न व्यक्तिलाई फोन गरेका थिए । उनले केही प्रहरी अधिकृतलाई समेत नियमित फोन गरेको अनुसन्धामा खुलेको छ ।

२३ असोज ०७४ मा बस्नेतको समूहले निर्माण व्यवसायी गौचनलाई गोली हानी हत्या गरेको थियो । उनको हत्यापछि अन्य व्यवसायीलाई धम्क्याएर सो समूहले पैसा असुलेको थियो । सिआइबीको टोलीले उनलाई ०७४ पुसमा भारतबाट पक्राउ गरी नेपाल ल्याएको थियो ।

जेल परेपछि पनि उनको आपराधिक गतिविधि रोकिएको छैन । ‘उसलाई आफ्ना अपराधप्रति कुनै पश्चात्ताप छैन,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारी भन्छन्, ‘जेलमै बसेर धम्की र असुली धन्दा चलाउने योजना बनाएकाो छ ।’ उनको आपराधिक गतिविधिमा जेलका कर्मचारी तथा केही प्रहरीले साथ दिएको आशंकामा समेत अनुसन्धान थालिएको छ ।

यसअघि नख्खु कारागारबाटै आपराधिक योजना बनाएको खुलेपछि बस्नेतलाई मुस्ताङ कारागार सरुवा गरिएको थियो । आफ्नो इन्काउन्टर गर्न लागेको हल्ला फिँजाएर अदालतमा उनले मुद्दा हालेका थिए । चलखेलकै आधारमा उनले त्यतिवेला सरुवा रोकेको स्रोत बताउँछ ।

Advertisement
Advertisement

उनको समूहका तीन सहयोगीलाई गत वर्ष कात्तिकमा पक्राउ परेपछि उनले जेलबाट केही व्यक्तिको हत्याको योजना बनाइरहेको खुलेको थियो । प्रहरीले लोप्साङ भन्ने सोम तामाङ, रोशन बुढाथोकी र अमरबहादुर रानालाई पक्राउ गरेको थियो । उनीहरू पक्राउ परेपछि चिकित्सकसहित केही व्यक्तिको हत्याको योजना बनाएको खुलेको थियो । नयाँ पत्रिका दैनिकबाट

भर्खरको समाचार

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

सम्बन्धित खबरहरु

Scroll to Top