चीनका विदेशमन्त्री वाङ यीले आज उच्चस्तरीय भेटवार्ता गर्दै

चीनका विदेशमन्त्री वाङ यीले आज उच्चस्तरीय भेटवार्ता गर्दै

२३ भदौ, काठमाडौं ।

नेपालको तीनदिने भ्रमणका लागि आइतबार काठमाण्डौ आइपुगेका चीनका विदेशमन्त्री वाङ यीले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै भेट गर्ने कार्यक्रम छ ।

यीको सोमबार बेलुका ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग तथा ६ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनको दिउँसो ३ बजेपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग वार्ता गर्ने तयारी छ । यो वार्ता आर्थिक र विकास साझेदारीका साथै नेपाल–चीन सम्बन्धका विविध पक्षमा केन्द्रित हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

वार्तामा दुई देशबीच भएका सम्झौता र तिनको कार्यान्वयनको अवस्था तथा तथा नेपालमा चिनियाँ सहयोगमा सञ्चालित विकास परियोजनाको पुनरावलोकन र द्रूत कार्यान्वयनमा नेपालले जोड दिने तयारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.