भाषासम्बन्धि सरकारको तथ्यांक नै गलतः उपकुलपति गुरुङ

२६ भदौ ७६, बिहीबार
Share this
770shares

२६ भदौ, काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति जगमान गुरुङले भाषासम्बन्धि सरकारको तथ्यांक सही नभएको दावी गरेका छन् ।

Advertisement

उपकुलपति गुरुङले केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गर्दै आएको भाषासम्बन्धि तथ्यांक मिथ्यांको रुपमा रहेको उल्लेख गर्दै त्यसलाई सच्याउनुपर्ने पनि स्पष्ट पारे ।

बिहीबार केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को तयारीको सन्दर्भमा आयोजना गरेको ‘भाषा तथा जातजाति’सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भाषा शास्त्रीहरुले समेत भाषासम्बन्धि तथ्यांकलाई मिथ्यांक बनाउने समस्या रहेको पनि स्मरण गराए ।

Advertisement

उपकुलपति गुरुङले भाषा तथा जातजातिसम्बन्धि तथ्यांक निर्माण गर्दा समुदाय फरक भएपनि उनीहरुको भाषा एउटै हुने गरेकाले सोही अनुसारको तथ्यांक निर्माण गर्न पनि केन्द्रिय तथ्यांक विभागको गम्भिर ध्यानाकर्षण गराए ।

केन्द्रीय तथ्यांक विभागले भाषा तथा जातजातिहरुको तथ्यांक परिमार्जन गर्न सरोकारवाला निकायसँगको छलफललाई निरन्तरता दिएको हो ।

Advertisement

विज्ञहरुको सुझावलाई समेत ध्यानमा राखेर भाषा तथा जातजातिहरुको तथ्यांक परिमार्जन गर्न सो सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको विभागका उपमहानिर्देशक हेमराज रेग्मीले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top